
अररिया 19 नोभेम्बर(हि.स.)। जोगबनीदेखि कोलकाता जाने चितपुर एक्सप्रेस ट्रेनलाई नियमित रूपमा परिचालन गर्ने तथा त्यसको समयमा सुधार गर्नुपर्ने माग नेपालका उद्यमीहरूले भारतीय रेलवेका अधिकारीहरूसित गरेका छन्। रेल संख्या- 13159/13160 जोगबनी–कोलकाता–जोगबनी एक्सप्रेसलाई दैनिक रूपमा संचालन गर्ने अनि यसको समयमा सुधार गर्ने मागलाई लिएर भारतीय रेलवे बोर्डका महाप्रबन्धकलाई नेपालको उद्योग संगठन मोरंगको पक्षबाट अध्यक्ष नन्दकिशोर राठीले पत्र लेखेका छन्।
रेलवे बोर्डका महाप्रबन्धकलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ, वर्तमानमा यो ट्रेन सप्ताहमा तीन दिन मात्र चल्छ जुन नेपालको पूर्वी भाग र बिहारको उत्तर-पूर्वी जिल्लाका यात्रीहरूको व्यापक आवश्यकता अनुरूप एकदमै अपर्याप्त छ। व्यवसाय, चिकित्सा, शिक्षा, रोज़गार औ पारिवारिक यात्राको लागि जोगबनी–कोलकाता रूटमाथि निर्भर मानिसहरूलाई नियमित सेवा नभएको कारणले विभिन्न समस्याको सामना गर्न परिरहेको छ। जोगबनी क्षेत्रदेखि कोलकातासम्म लामो दूरत्वको यस यात्राको यो नै प्रमुख विकल्प हो। सीमित दिनहरूमा मात्र संचालन हुनाले टिकट पाउनै गाह्रो पर्छ साथै यात्रीहरूको भीड़ पनि उत्तिकै हुुने हुनाले यात्रीहरूलाई ठूलो असुविधा हुन्छ। त्यसैले यस एक्सप्रेस ट्रेनलाई दैनिक रूपमा संचालन गर्ने माग गरिन्छ।
पत्रमा यो पनि भनिएको छ, ट्रेनको वर्तमान प्रस्थान समय यात्रीहरूको लागि अनुकूल छैन। हाल यो ट्रेन जोगबनीदेखि अपरान्ह 14:50 बजे प्रस्थान गरेर कोलकातामा राती 2:35 बजे पुग्छ। यो समय विशेष गरी बुजुर्ग, महिला एवं परिवारसित यात्रा गर्नको लागि असुरक्षित र असुविधानजक छ। रेलवेका अधिकारीहरूसित अनुरोध गरिएको छ, कोलकाता पुग्ने समय बिहान वा अबेर साँझ राखियोस् ताकि यात्रीहरूको सुरक्षा अनि सुविधा सुनिश्चित हुन सकोस्।
पत्रमा भनिएको छ, यदि यी मागहरू पूरा भयो भने यसबाट हजारौं यात्री, व्यापारी तथा दुवै देशको सीमा क्षेत्रका मानिसहरूलाई अत्यधिक लाभ पुग्नेछ। साथै भारत-नेपालबीच सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्ध अझ बलियो हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा