पाँच दिनदेखिको बेपत्ता बालिकाको शव तलाउमा भेटियो
पाँच दिनदेखिको बेपत्ता बालिकाको शव तलाउमा भेटियो


मालदह, 19 नोभेम्बर (हि.स.)। मालदह जिल्लाको मोथाबाड़ी थाना क्षेत्रमा गए मंगलवार अपरान्ह बितेका पाँच दिनदेखिको बेपत्ता एकजना पाँच वर्षीय बालिकाको शव उसको घरदेखि केही टाड़ामा अवस्थित एक जलासयमा तौरिरहेको अवस्थामा भेटियो। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

पुलिस अनुसार मृत बालिकाका पिता मनोज मण्डल उत्तर लक्ष्मीपुर ग्राम पञ्चायतको लीला रामटोला क्षेत्रका बासिन्दा हुन्। गत शुक्रवार मनोज मण्डल र तिनकी पत्नी आफ्नो खेतमा काम गर्न गएका थिए भने उनीहरूसित आफ्नी पाँच वर्षीय छोरी पनि थिई। भनिन्छ, साँझको समयमा बालिका खेतबाट एक्लै घर फर्किएकी थिई, तर उ घरसम्म पुगिन। रहस्यमय ढंगमा उ बेपत्ता भयो।

परिवारको सिकायतमा मोथाबाड़ी थानाको पुलिसले जाँच शुरू गऱ्यो। खोजी कार्यलाई तीव्रता दिनको लागि पुलिसले मुर्शिदाबादबाट डग स्क्वायडलाई पनि बोलायो। गाउँको हरेक कुना, खेत, बगान, तलाउ किनार तथा वरपरका सबै बाटोहरूमा नियालेर खोजियो, तर बालिकाको पत्तो लाग्न सकेन।

यसैबीच गए मंगलवार अपराह्न स्थानीय मानिसहरूले गाउँकै एकजना मानिसको घर नजिक अवस्थित जलाशयमा एउटा शवलाई तैरिरहेको देखे। छेउमा गएर हेर्दा शव बालिकाको रहेको थाहा लाग्यो। त्यसपछि पुलिसलाई सूचना दिइयो। पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गऱ्यो।

बालिकाको शव भेटिएपछि गाउँमा भय व्याप्त भएको छ। स्थानीय मानिसहरूको भनाइ छ, बालिकाको परिवारको कसैसित कुनै प्रकारको शत्रुता थिएन। त्यसैले सम्भवतः कसैले कुनै कारणले बालिकाको हत्या गरी शवलाई जलाशयमा फालिदिएको हुनसक्छ। यद्यपि पुलिसले अहिलेसम्म हत्याको पुष्टि गरेको छैन।

पुलिसको भनाइ छ, बालिकाको मृत्यु डुबेर भएको हो वा कुनै अन्य कारणले त्यसको पत्तो लगाइँदैछ। पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको वास्वतिक कारण छर्लङ्ग हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande