‘मुख्यमन्त्री जीवन प्रेरणा योजना’- को शुभारम्भ, स्नातक युवाहरूलाई दिइनेछ आर्थिक सहयोग
‘मुख्यमन्त्री जीवन प्रेरणा योजना’- को शुभारम्भ, स्नातक युवाहरूलाई दिइनेछ आर्थिक सहयोग


गुवाहाटी, 02 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले नयाँ योजना ‘मुख्यमन्त्री जीवन प्रेरणा योजना’ -को घोषणा गरेका छन् जसको उदेश्य हालैमा स्नातक डिग्री हासिल गर्ने युवाहरूलाई रोजगारको खोजी र प्रतियोगी परीक्षाहरूको तयारीको लागि प्रोत्साहित गर्नु हो।

यस योजना अन्तर्गत योग्य स्नातक युवाहरूलाई एक वर्षसम्म प्रतिमहिना 25 सय रुपियाँ आर्थिक सहयोग दिइनेछ साथै आत्मनिर्भरताको दिशामा उनीहरूलाई प्रशिक्षण अनि मार्गदर्शन पनि उपलब्ध गराइनेछ।

मुख्यमन्त्री सरमाले भने, राज्य सरकार युवाहरूलाई अगाड़ि बढ़ाउन तथा प्रतियोगी परीक्षाहरूमा सफल गराउन उनीहरूलाई प्रेरित गर्नको लागि प्रतिबद्ध छ। यस योजनाको औपचारिक शुभारम्भ सोमवारदेखि भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande