चित्रकुटमा रोडवेज बस र बोलेरोमाझ भिड़न्त, दुई दाज्यु-भाइ सहित तीनजनाको मृत्यु, पाँचजना घाइते
चित्रकुटमा रोडवेज बस र बोलेरोमाझ भिड़न्त, दुई दाज्यु-भाइ सहित तीनजनाको मृत्यु, पाँचजना घाइते


चित्रकुट,03 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको चित्रकुट जिल्लामा भयानक सड़क दुर्घटना

भयो। यस घटनामा तीनजना मानिसहरूले ज्यान गुमाए भने पाँचजना मानिसहरू गम्भीर रूपमा

घाइते भए। घटनापछि बस चालक र परिचालकले सुइँकुच्चा ठोके। सबै मृतकहरू बोलेरोमा

सवार थिए।

घटनालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गहिरो दुःख व्यक्त

गर्दै घाइतेहरूको उचित उपचारको निम्ति व्यवस्था गरिदिने अधिकारीहरूलाई दिए

निर्देश।

प्राप्त जानकारी

अनुसार झाँसी-मिर्जापुर राष्ट्रिय राजमार्गमा द्रूत गतिको बोलेरो र बांदा डिपोको

रोडवेज बस आपस्तमा ठोक्कियो। घटनामा बोलेरोमा सवार तीनजना मानिसहरूको घटनास्थलमै

मृत्यु भयो भने दम्पत्ति सहित पाँचजना घाइते भए। दिवंगतहरूमा दुई दाज्यु-भाइ पनि

सामेल छन्। दुर्घटनाको मुख्य कारण बोलेरो गलत साइडबाट आउनु बताइएको छ।

दुर्घटना गए

आइतवार राति लगभग साढ़े नौ बजे कर्वी कोतवाली क्षेत्रको खोहस्थित पेट्रोल पम्प

नजिक भएको हो। घटनाको सूचना पाएर एसपी अरुण कुमार सिंह, सीओ अरविन्द कुमार औ कोतवाल श्याम प्रताप सिंह दलबल सहित घटनास्थलमा पुगे। सबै

घाइतेहरूलाई अस्पतालमा पठाएर हाइवेमा बाधित यातायातलाई सुचारू गराइयो।

अर्कोतिर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला चित्रकुटमा

भएको सड़क दुर्घटनाको संज्ञान लिए। उनले मृतकहरूको शोक सन्तप्त परिवारहरूप्रति

संवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले घाइतेहरूलाई तत्काल अस्पतालमा पुऱ्याएर

जिल्ला प्रशासनका अधिकारीहरूलाई उनहरूको समुचित उपचार गराउने निर्देश दिएका छन्।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande