
कोलकाता, 3 नोभेम्बर (हि.स.)। पश्चिम बंगालका पूर्व मन्त्री ज्योतिप्रिय मल्लिकमाथि गए आइतवार राति सल्ट लेकस्थित उनको आवास बाहिर अज्ञात युवकले हमला गऱ्यो। पुलिसले तत्काल कारबाही गर्दै आरोपीलाई पक्राउ गरेको छ।पुलिसानुसार मल्लिकलाई अनुहारमा प्रहारर गरियो जसले गर्दा उनी सड़कमा लड़े। घटना घटिरहेको समय उनी हाबरादेखि आफ्नो घरस्थित आफ्नो कार्यालयमा प्रवेश गरिरहेका थिए। हमलापछि मल्लिकले चर्को स्वरमा सहयोगको लागि गुहार मागे। त्यसपछि कार्यालयमा उपस्थित तृणमूल कंग्रेसका कार्यकर्ताहरू दौड़ेर आए अनि आक्रमणकारीलाई रोक्ने चेष्टा गरे।तृणमूल कंग्रेसको सूत्र मुताविक युवकले यति धेरै आक्रमक भएरहमला गरिरहेको थियो कि तीन-चारजना कार्यकर्ताहरूले समेत उसलाई रोक्न सकेनन्। पछि धेरैजना कार्यकर्ताहरू आएर मल्लिकलाई बचाए। त्यसपछि पुलिसलाई सूचना दिइएपछि पुलिसले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गऱ्यो।मल्लिकको अनुहारमा हल्का चोट लागेको छ तथापि उनलाई अस्पतालमा भर्ती गराउने आवश्यकता परेन। घटनापछि उनले पुलिसबाट आरोपीको बारेमा जानकारी लिए।सूत्रले बतायो, आरोपीलाई मल्लिकले राम्ररी चिन्दछन्। घरको सीसीटीभी फुटेजबाट थाहा लागे अनुसार आरोपी गए आइतवार अपरान्ह 3 बजेदेखि नै घरमा थियो। केही समयको लागि उ हराएको थियो, तर मल्लिक आइपुग्नसाथ उनीमाथि हमला गऱ्यो। हमलाको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।उल्लेख्य, मल्लिक राशन वितरण घोटालामा प्रवर्तन निदेशालयद्वारा वर्ष 2023-मा पक्रा परेका थिए, 14 महिना जेल जीवन बिताएपछि यसै वर्षको गत 15 जनवरीमा उनले जमानत पाएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा