
कोलकाता, 03 नोभेम्बर (हि. स.)। सोमवार बिहान सात बजे हरिदेबपुरमा एकजना महिलालाई लक्षित गर्दै अज्ञात
उपद्रवीले सड़कमै गोली दाग्यो। घाइते महिलालाई पहिला एमआरआई बागुईबाटी अस्पतालमा
लगियो, तर पछि स्थिति बिग्रिएपछि तिनलाई एसएसकेम अस्पतालमा स्थानान्तरण गरियो।
पुलिसले बताए मुताविक घाइते महिलाकोक नाम मौसुमी हलदार हो। स्थानीय मौसमीको
उमेर 38 वर्ष रहेको छ। प्रत्यक्षदर्शीहरू अनुसार एकजना युवक बाइकमा आयो अनि अचान
गोली चलाएर भाग्यो। महाको पीठ्यूँमा गोली लागेको जानकारी छ। घटनाको खबर पाउनसाथ
परिवारका सदस्यहरू अस्पतालमा पुगे भने महिलाका छोराले स्थानीय मानिसहरूको सहयोगमा
तिनलाई अस्पतालमा पुऱ्याए।
अर्कोतिर सूचना पाउनसाथ हरिदेवपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि जाँच
शुरू गऱ्यो। पुलिसले स्थानीय मानिसहरूसित जाँचबुझ गरिरहेको छ ताकि आक्रमणकारीको
पहिचान अनि घटनाको कारण पत्तो लगाउन सकियोस्।घटनाको कारणले भय व्याप्त भएको छ। पुलिसले मामिलाका सबै सम्भावित कोणहरूबाट
जाँच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा