दिल्ली सरकारले महिला तथा ट्रान्सजेण्डर्सको लागि शुरू गऱ्यो ‘पिंक सहेली स्मार्ट कार्ड’
दिल्ली सरकारले महिला तथा ट्रान्सजेण्डर्सको लागि शुरू गऱ्यो ‘पिंक सहेली स्मार्ट कार्ड’


नयाँ दिल्ली, 02 नोभेम्बर (हि.स.)। दिल्ली सरकारले महिला एवं ट्रान्सजेण्डर्सको लागि ‘पिंक सहेली स्मार्ट कार्ड’ -को शुरुआत गरेको छ। अब 12 वर्षभन्दा माथिका छोरी-चेलीहरूले डीटीसी र क्लस्टर बसमा निःशुल्क तथा सहज यात्रा गर्न सक्नेछन्।

मुख्यमन्त्री रेखा गुप्ताले आइतवार सोशल मीडिया एक्समा भनिन्, यो पहल दिल्लीमा महिलाहरूको लागि यात्रालाई सहज बनाउने, सार्वजनिक परिवहनको प्रयोगलाई प्रोत्साहित गर्ने तथा नारी शक्तिलाई अधिक सुविधा र सम्मान दिने दिशामा एउटा महत्वपूूर्ण कदम हो। उनले भनिन्, महिला सशक्तिकरण हाम्रो सरकारको सर्वोच्च प्राथमिकता हो। यसको लागि प्रभावकारी कदम उठाइएको छ।

मुख्यमन्त्रीले भनिन्, 502 वटा पालना घरहरूले कामकाजी आमाहरूलाई निश्चित भेर काम गर्ने अवसर दिएको छ। दश करोड़ रुपियाँसम्मको कोलैटरल-मुक्त एमएसएमई ऋणले महिलाहरूलाई आत्मनिर्भर उद्यमी बनाउने अवसर दिएको छ। सुरक्षित यात्रा, सीसीटीभी निगरानी औ रात्रि पाली जस्ता सुविधाहरूले महिलाहरूको आत्मविश्वासलाई बढ़ाएको छ। 7500 स्वास्थ्य शिविरहरूको माध्यमबाट मातृ एवं बाल स्वास्थ्य सेवा हरेक घरसम्म पुगिरहेको छ। उनले भनिन्, शिक्षादेखि लिएर आत्मनिर्भरतासम्म दिल्लीका महिलाहरू आज सशक्त राष्ट्रको पहिचान बनिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नारी शक्ति नै राष्ट्र शक्ति’ मन्त्रबाट प्रेरित भएर दिल्ली सरकारले महिला सशक्तिकरणको यस संकल्पलाई नयाँ आयाम दिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande