एलडी काजी गोल्ड कप: मिजोरम र रेड पाण्डा एफसी विजयी
LD kazi gold cup


गेजिङ, 2 नोभेम्बर (हि.स.)। सोरेङ जिल्लाको सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत च्याखुङ खेलमैदानमा 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप फुटबल प्रतियोगिता जारी रहेको छ। प्रतियोगिताको आज चौथो दिन दुईवटा खेल सम्पन्न भयो।

पहिलो खेल रेड पाण्डा एफसी, नाम्ची र मकवानपुर, नेपालबीच खेलियो, जसमा रेड पाण्डा एफसी विजयी बन्यो। विजेता दलका खेलाडी डिल्लीराम सन्यासीलाई म्यान अफ् द म्याच चयन गरियो। यसरी नै दोस्रो खेल युकेएफसी, खरसाङ र खाव्जवाल भेङ्गथर, मिजोरमबीच खेलियो, जसमा मिजोरम विजयी बन्यो। विजेता दलका खेलाडी टी चिन्जालाई म्यान अफ् द म्याच चयन गरियो।

कार्यक्रममा आज विधायक सन्जित खरेल मुख्य अतिथि थिए। उनले आफ्नो सम्बोधनमा राज्यमा खेलाडीहरू, कलाकारहरू, महिलाहरू लगायत अन्यहरूलाई निरन्तर समर्थन गरिरहेकोमा धन्यवाद दिए। यस अवसरमा विभिन्न विद्यालयका नानीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा क्षेत्र विधायक एवं समारोह समितिका संरक्षक आदित्य गोले पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande