कंग्रेसको संरक्षणमा असममा फेरि सक्रिय भयो मियाँ फोर्सः भाजपा
कंग्रेसको संरक्षणमा असममा फेरि सक्रिय भयो मियाँ फोर्सः भाजपा


गुवाहाटी, 02 नोभेम्बर (हि.स.)। असम प्रदेश भारतीय जनता पार्टी (भाजपा)-ले आरोप लगाएको छ, ‘मियाँ फोर्स’ जसलाई विगत लामो समयदेखिकै असम विरोधी गतिविधिहरूको लागि चिनिन्छ, कंग्रेस र उसको सहयोगी तन्त्रको संरक्षणमा फेरि एकपटक राज्यमा सक्रिय भएको छ।

भाजपा प्रवक्ता ब्रजन महन्त र प्राञ्जल कलिताले आइतवार प्रदेश भाजपा मुख्यालय अटल बिहारी वाजयेपी भवनमा आयोजित सम्वाददाता सम्मेलनमा भने, बितेका केही हप्तादेखिको सोनापुरको जुबिन क्षेत्रमा राती मियाँ समुदायका मानिसहरूको भीड़ एकत्र भइरहेको छ। भनिन्छ, यिनीहरू भिन्न-भिन्न जिल्लाहरूबाट बसमा सवार भएर यहाँ आउँछन्।

भाजपाले यसको प्रमुख कारण गत 30 अक्टोबरको दिन बरपेटा जिल्लाको जानियामा आयोजित बड़े मियाँ सम्मेलनमा रायजर दलका अध्यक्ष तथा शिवसागरका विधायक अखिल गोगोईले दिएको उक्साहटपूर्ण भाषण रहेको बताए। पार्टीले कंग्रेस प्रदेश अध्यक्ष एवं सांसद गौरव गोगोई, असम जातीय परिषदका प्रमुख लुरिनज्योति गोगोई औ अखिल गोगोईमाथि खुल्ला रूपमा विभाजनकारी तथा असम विरोधी गतिविधिहरूलाई प्रेरित गरेको आरोप लगायो।

भाजपा नेताले यो पनि भने, गत 24 अक्टोबरमा गौरव गोगोईले जुबिन क्षेत्रमा राज्य सरकारको एसओपीको उल्लंघन गरेका थिए। साथै 28 अक्टोबरमा श्रीभूमिमा आयोजित कंग्रेसको ऱ्याली अवधि बंगलादेशको राष्ट्रिय गीत गाइयो अनि कर्नाटक प्रदेश कंग्रेसका अध्यक्ष प्रियंक खड़गेको असम विरोधी बयानमाथि पनि कंग्रेस मौन रह्यो। भाजपाको भनाइ छ, कंग्रेस, रायज दल, असम जातीय परिषद तथा वामपन्थी द लहरूको मौनताले राज्यमा मियाँ तत्वहरूको मनोब बढ़िरहेको छ।भाजपाले यो पनि आरोप लगायो, मियाँ समर्थक कंग्रेस कार्यकर्ताहरूले अब भाजपाको बैठकमा अनुप्रवेश गरी अव्यवस्था फैलाउने चेष्टा गरिरहेका छन्।

पार्टीले कंग्रेसमाथि यो पनि आरोप लगायो, उसले असमका सुप्रसिद्ध कलाकार जुबिन गर्गको दुःखदायी मृत्युलाई राजनीतिक हतियार बनाएको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले विशेष जाँच दल (एसआईटी)-ले 17 दिसम्बरसम्ममा आफ्नो रिपोर्ट प्रस्तुत गर्ने आश्वासन दिएको भए पनि गौरव गोगोईले सस्तो राजनीति गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande