नवजात शिशुको मृत्युलाई लिएर अस्पतालमा प्रदर्शन
नवजात शिशुको मृत्युलाई लिएर अस्पतालमा प्रदर्शन


मालदा, 02 नोभेम्बर (हि. स.)। जिल्लाको हरिशचन्द्रपुरमा तीन दिनको नवजात शिशुको मृत्यु भएपछि तनाउ व्याप्त भएको छ। परिवारले उपचारमा लापरवाही गरेको आरोप लगाएको छ। नवजात शिशुको परिवारले आइतवार हरिश्चन्द्रपुर ब्लकको एक नम्बर ग्रामीण अस्पताल सामु व्यापक विरोध प्रदर्शन गरे। घटनाको खबर पाउनसाथ हरिशचन्द्रपुर थानाको पुलिस घटनास्थलमा पुग्यो।

भनिँदैछ, हरिशचन्द्रपुरको पिपला गाउँ निवासी मानिक दासकी पत्नी नेहा विश्वासले गत 31 अक्टोबरको दिन हरिशचन्द्र ग्रामीण अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। शिशुको स्वस्थ सामान्य थियो। आइतवार बिहान अचानक शिशुको अवस्था बिग्रियो। यस सम्बन्धमा डाक्टरलाई सूचना दिँदै डाक्टरले कथित रूपमा परिवारसित दुर्व्यवहार गऱ्यो।

अस्पताल सूत्र अनुसार डाक्टरले रोक लगाउँदा-लगाउँदै पनि शिशुलाई बाहिरको दुध खुवाइएको थियो। दुध गलामा अड़्किएर शिशुको मृत्यु भयो। नेहा दासका मामा सन्तु दासले भने, शिशुलाई बाहिरको दुध खुवाइएको थिएन। यदि समयमा उपचार गरेको भए उसको ज्यान बच्न सक्थ्यो।

यस सम्बन्धमा कार्यवाहक प्रखण्ड चिकित्सा पदाधिकारी डा. छोटन मण्डलले भने, घरका मानिसहरूसित कुनै प्रकारको दुर्व्यवहार गरिएको छैन। उनले यो भने, शिशुलाई बाहिरको दुध खुवाइएको कुरा उनले सुनेका छन्। घटनाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande