
हरिद्वार, 2 नोभेम्बर (हि.स.)। पतञ्जलि विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहमा सामेल हुन आएकी राष्ट्रपति द्रौपति मुर्मूलाई स्वागत गर्दै विश्वविद्यालयका कुलाधिपति योगऋषि स्वामी रामदेवले भने, पतञ्जलि विश्वविद्यालयका विद्यार्थीहरू शिक्षा मात्र नभएर राष्ट्र निर्माणको भावनाले ओतप्रोत भएर अग्रसर भइरहेका छन्।
स्वामी रामदेवले भने, पतञ्जलि विश्वविद्यालयका हरेक विद्यार्थी ‘जब् सीकर’ होइन, ‘जब् क्रिएटर’ हुन्। यहाँको शिक्षाको आधार कुनै जाति वा धर्ममाथि नभएर सनातन सिद्धान्तमाथि आधारित छ। उनले भने, पतञ्जलि विश्वविद्यालयको उदेश्य शिक्षित नागरिक मात्र बनाउनु होइन जबकि चरित्रवान, आत्मनिर्भर औ नैतिक समाजको निर्माण गर्नु पनि हो।
विश्वविद्यालयका कुलपति आचार्य बालकृष्णले मुख्य अतिथि राष्ट्रपति द्रौपदी मुर्मू र विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै भने, पतञ्जलि विश्वविद्यालयले राष्ट्रिय शिक्षा नीति-2020 लाई सफलतापूर्वक लागू गरेको छ। यो नीतिले शिक्षालाई रोजगारमूलक, बहुविषयक औ मूल्य-आधारित बनाउने लक्ष्य राख्दछ। उनले भने, पतञ्जलि विश्वविद्यालयले राष्ट्रिय मूल्यांकन एवं प्रत्यायन परिषद (नैक)-बाट 3.48 ग्रेड पोइन्टसितै ए+ ग्रेड प्राप्त गरेको छ जुन यस संस्थाको उच्च गुणस्तरको प्रमाण हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा