बीएलए कर्मीहरूलाई लिएर विशेष प्रशिक्षण शिविरको आयोजन
बीएलए कर्मीहरूलाई लिएर विशेष प्रशिक्षण शिविरको आयोजन


जलपाईगुड़ी, 02 नोभेम्बर (हि. स.)। तृणमूल कंग्रेसको पहलमा राजगञ्जमा बूथ लेभल एजेन्ट (बीएलए)-2 कर्मीहरूलाई लिएर एक विशेष प्रशिक्षण शिविरको आयोजन गरियो। यो महत्वपूर्ण शिविर आइतवार बेलाकोबाको हरिमन्दिरमा आयोजना गरियो।

सूत्र अनुसार जलपाईगुड़ी जिल्लाको सात वटा ब्लकमा लगभग 1928 वटा बूथहरू छन् जसमध्ये 271 वटा बूथ राजगञ्जमा छन्। यो प्रशिक्षण शिविर राजगञ्ज विधानसभा क्षेत्रको 271 बीएलए-2 कर्मीहरूलाई लिएर आयोजना गरिएको हो। शिविरमा बीएलए कर्मीहरूलाई आफ्नो कर्तव्य निर्वहन, मतदाता सूचीहरूको सत्यापन तथा सही ढंगमा जानकारी एकत्र गर्ने निर्देश दिइयो।

विधायक खगेश्वर रायले भने, यस कुरामाथि विशेष ध्यान दिइनेछ कि एकजना पनि वैध मतदाताको नाम नछुटोस्। राजगञ्ज विधानसभा क्षेत्रमा यदि कुनै मतदाताको नाम छुट्यो भने हामी जिल्लाको हरेक ब्लकमा आन्दोलन गर्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande