तेजस्वी यादवले एनडीएमाथि गरे प्रहार, भने- बिहारमा महाजंगलराज छ
तेजस्वी यादवले एनडीएमाथि गरे प्रहार, भने- बिहारमा महाजंगलराज छ


पटना, 2 नोभेम्बर (हि.स.)। नेता प्रतिपक्ष तेजस्वी यादवले एनडीए सरकारमाथि प्रहार गरेका छन्। उनले भने, बिहारमा महाजंगलराजको स्थिति छ। प्रधानमन्त्री नरेन्द्र मोदी आज पटना आइरहेका छन्, तर आज पनि यहाँका धेरैवटा जिल्लाहरूमा हत्याहरूको सिलसिला जारी छ।

उनले भने, यसपालि चुनाउमा महागठबन्धनको सरकार गठन हुनेछ। 14 तारिक परिणाम घोषणा हुनेछ भने 18 तारिक शपथ ग्रहण समारोह हुनेछ, त्यसपछि 26 जनवरीसम्ममा सबै जातिका अपराधीहरूलाई जेलमा थुन्ने काम तेजस्वी यादवले गर्नेछन्। अपराधीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।

उनले भने, प्रधानमन्त्रीले गुजरातमा फ्याक्ट्री स्थापना गराउँछन्, भोट माग्न भने बिहारमा आउँछन्। उनको यो अत्याचार धेर दिन टिक्नेवाला छैन।

अपराध गर्ने अपराधीहरूलाई एनडीएका मानिसहरूले संरक्षण दिँदै आएको आरोप समेत तेजस्वी यादवले लगाए।

मोकामामा दुलारचन्द यादवको हत्या भएपछि बिहारको राजनीतिक पारा माथि चढ़ेको छ। पक्ष-विपक्ष आमने-सामने भएको छ। कानून व्यवस्थाको स्थितिलाई चुनावी मुद्दा बनाउन विपक्ष लागिपरेको छ। यस मामिलामा जदयू उम्मेद्वार अनन्त सिंहलाई पक्राउ गरिएको छ भने उनका साथीहरू क्रमैले मणिकान्त ठाकुर र रञ्जीत रामलाई पनि पक्राउ गरिएको छ जसले गर्दा राजद आक्रामक स्थितिमा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande