
कछार (असम), 02 नोभेम्बर (हि.स.)। कछार पुलिसले गुप्त सूचनाको आधारमा आइतवार बिहान खिलो, बेरेंगा पार्ट-III मा अवैध गौहत्याविरूद्ध छापा मारेर तीनजना आरोपीहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीहरूमा राहुल हुसैन लश्कर (31), फैजुल अहमद मजुमदार (47) तथा अब्दुल करिम लश्कर उपनाम बापिन (38) सामेल छन्।
छापामारीको क्रममा पुलिसले लगभग 80 किलो संदिग्ध गाईको मासु, एउटा दाऊ, एउटा गाईको टाउको र गाईको छाला पनि जफत गरेको छ। तीनैजना आरोपीविरूद्ध पशु संरक्षण अधिनियम तथा सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरी अग्रिम कारबाह गरिँदैछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा