
कछार (असम), 02 नोभेम्बर (हि.स.)। कछार पुलिसले आइतवार दोस्रो दिन पनि नक्कली डाक्टरहरूविरूद्ध ठूलो कारबाही गरेको छ। ‘अपरेशन फेक डाक्टर’ अन्तर्गत पुलिसले दुई अलग-अलग मामिलामा दुईजना नक्कली डाक्टरहरूलाई समातेको छ।
गए शनिवार विश्वसनीय सूचनाको आधारमा द्वारबन्द थाना क्षेत्रको रोसेकांडी टीईमा संचालित एक फार्मेसीमा छापा मारेर सुपल राय (42)-लाई डाक्टर भएर उपचार गरिरहेको अवस्थामा ठाउँबाटै पक्राउ गरियो। फार्मेसीमा एउटा तथाकथित डाक्टरको च्याम्बर पनि बनिएको थियो। पुलिसले घटनास्थलबाट आवश्यक सामग्रीहरू जफत गरी मामिला दर्ता गरेको छ साथै अग्रिम कानूनी कारबाही पनि शुरू गरेको छ।
त्यसपछि 2 नोभेम्बरको दिन अर्को मामिलामा पुलिसले इन्द्रजीत राय (39)-लाई पक्राउ गऱ्यो जसले सिलचरको तारापुरस्थित माँ आयुर्वेद, ई एण्ड डी कलोनीमा भिजिटिंग डाक्टरको रूपमा रोगीहरूको उपचार गरिरहेको थियो। जाँचमा इन्द्रजीतको डिग्री संदिग्ध पाइएपछि उविरूद्ध कानूनी प्रक्रिया शुरू गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा