पूर्वोत्तरका विश्वविद्यालयहरूको स्थितिलाई संसदमा उठाउनेछौंः गौरव गोगोई
पूर्वोत्तरका विश्वविद्यालयहरूको स्थितिलाई संसदमा उठाउनेछौंः गौरव गोगोई


गुवाहाटी, 02 नोभेम्बर (हि.स.)। असमकोजोरहाटबाटकंग्रेस सांसद एवं लोकसभामाविपक्षकाउपनेता गौरव गोगोईलेपूर्वोत्तर भारतकाकेहीविश्वविद्यालयहरूविशेष रूपमातेजपुर विश्वविद्यालय, नर्थ-ईस्टर्न हिल यूनिभर्सिटी (नेहू) औगौहाटी विश्वविद्यालयमाउत्पन्न चिन्ताजनक परिस्थितिमाति गहिरो चिन्ता व्यक्त गरेका छन्।

सांसदले आफ्नो सोशल मीडिया प्लेटफर्म एक्समा भने, कुलपतिहरूको कार्यशैलीलाई लिएर उठेका विवादहरूले विद्यार्थी अनि शिक्षकहरूबीच असन्तोष उत्पन्न भएको छ जसबाट विश्वविद्यालयको कार्यक्षमता अनि ऱ्याकिंगमाथि नकारात्मक प्रभाव परिरहेको छ।यसले गर्दा यी विश्वविद्यालयहरूकोप्रदर्शनरऱ्याकिंग पनि प्रभावित भइरहेको छ। मैले तेजपुर विश्वविद्यालयको सम्बन्धमा प्रधानमन्त्री काकर्यालयलाई पत्र लेखेको छु, तर मेरो चिन्ता सम्पूर्ण पूर्वोत्तर क्षेत्रसम्म फैलिएको छ।

प्रधानमन्त्रीलाई लेखेको आफ्नो पत्रमा गोगोईले यस कुरामाथि बल दिएका छन् कि ऐतिहासिक असम सम्झौता अन्तर्गत स्थापित तेजपुर विश्वविद्यालयले विगत लामो समयदेखिकै पूर्वोत्तरमा उच्च शिक्षा तथा नवाचारको एक प्रमुख केन्द्रको रूपमा कार्य गर्दै आइरहेको छ। उनले यो पनि भने, आगामी दिनमासंसद सत्रमापूर्वोत्तरकाउच्च शिक्षण संस्थानहरूमाथिव्याप्त संकटकोमुद्दालाईप्रमुखताले उठाइनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande