
नयाँ दिल्ली, 2 नोभेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले अन्तर्राज्यीय अवैध हतियार सप्लाई नेटवर्कको भण्डाफोड़ गरेको छ। पुलिसले यस सम्बन्धमा सनी साई ग्यांगकलाई हतियार सप्लाई गर्ने मुख्य आरोपी गुरमीत सिंह (32)- लाई पक्राउ गरेको छ। आरोपी बागपत (उप्र)- निवासी रहेको बताइएको छ। उबाट हतियार खरिद गर्ने सुमित (27)-लाई पनि पक्राउ गरिएको छ।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त हर्ष इन्दोराले बताए, इन्स्पेक्टर कृष्ण कुमार र इन्स्पेक्टर मञ्जीत सिंहको टीमले गुप्त सूचनाको आधारमा बागपतमा छापा माऱ्यो। यस अवधि गुरमीतलाई खेतमा निर्मित ट्यूबवेलबाट पक्राउ गरियो। त्यसपछि उसैले बताए अनुरूप सुमितलाई द्वारकाको डाबडी-गुरूग्राम रोडबाट समातियो। उसको कब्जाबाट एउटा पेस्तोल, दुई वटा जिउँदो कारतूस र चोरेको कार जफत गरिएको छ। यो कार साउथ क्याम्पस थाना क्षेत्रबाट चोरी गरिएको थियो। जाँचमा थाहा लागे अनुसार गुरमीत बीबीए ग्रेजुएट हो र पहिला पनि हत्या, हत्याको प्रयास तथा आर्म्स एक्ट जस्ता मामिलाहरूमा जेल गइसकेको छ। पुलिस उपायुक्त मुताविक वर्ष 2019- मा विकासपुरीस्थित पीवीआरमा भएको झगड़ाको मामिलामा उसलाई पक्राउ गरिएको थियो। जेलबाट रिहा भएपछि सनी साई, सलाम त्यागी र सद्दाम गौरी जस्तो कुख्यात गिरोहसित जोड़ियो अनि हतियार सप्लाई गर्न थाल्यो।
यसरी नै सुमितले पहिला दिल्लीमा सिभिल डिफेन्स भोलन्टियरको रूपमा काम गर्थ्यो। अनुबन्ध समाप्त भएपछि उसले अपराधको बाटो चुन्यो। राजस्थान पुलिसले उमाथि मुरलीपुर, जयपुर वेस्टमा भएको लुटपाटको मामिलामा दश हजार रुपियाँ इनाम घोषणा गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा