अज्ञात बदमाशहरूद्वारा युवकको गोली दागेर हत्या
अज्ञात बदमाशहरूद्वारा युवकको गोली दागेर हत्या


जौनपुर, 02 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको जौनपुरको सरायख्वाजा थानान्तर्गत कडैला गाउँमा एक युवकको अज्ञात बदमाशहरूले गोली दागेर हत्या गरे।

पुलिस अधीक्षक (देहात) आतिश कुमार सिंहले बताए, शनिवार राति एक युवकलाई बदमाशहरूद्वारा गोली दागिएको सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिस टीमले घाइते यवकलाई उपचारको निम्ति जिल्ला अस्पताल पठायो, जहाँ उपचार भइरहेको बेला मखन्चूको मृत्यु भय़ो। मृतकका परिजनहरूको शिकायतमा मुद्दा दर्ता गरी विधिक कारबाही गरिँदैछ।

पुलिस अधीक्षक डा. कौस्तुभद्वारा घटनाको खुलासा गर्न चार टीमको गठन गरिएको छ। घटनाको कारण अहिलेसम्म पत्तो लागेको छैन। शवलाई पोस्टमार्टमको निम्ति पठाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande