मिक्सर र 16 शटरिंग प्लेटहरू चोरी, केस दर्ता
मिक्सर र 16 शटरिंग प्लेटहरू चोरी, केस दर्ता


शिमला, 02 नोभेम्बर (हि.स.)। जिल्ला शिमलाको बालूगंज थाना अन्तर्गत सेरी गाउँमा चोरीको एक मामिला अघि आएको छ।

ग्राम सेरी निवासी कृष्ण लालले पुलिसलाई दिएको शिकायतमा बताए, 27 अक्टोबरमा केही अज्ञात व्यक्तिहरूले उनको गाउँ चलहोगबाट उनको मिक्सर र 16 शटरिंग प्लेटहरू चोरी गरेर लगे।

घटनाको पत्तो लाग्दा कृष्ण लालले यसको सूचना पुलिसलाई दिए। शिकायत पाएपछि पुलिसले भारतीय न्याय संहिता (बीएनएस) को धारा 303(3) अन्तर्गत केस दर्ता गरेको छ।

पुलिसको भऩाई छ, चोरीमा सामेल अज्ञात व्यक्तिहरूको पहिचानको निम्ति वरपरका क्षेत्रहरूमा सोधपुछ गरिँदैछ र साक्ष्य जुटाइँदैछ। पुलिसले मानिसहरूसित यदि कसैलाई यस चोरीसित सम्बन्धित कुनै जानकारी भए तुरन्तै पुलिसलाई सुचित गर्ने अपील पनि गरेको छ ताकि दोषीहरूलाई छिटोभन्दा छिटो पक्राउ गर्न सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande