नाथाङ माछोङका 55 जना महिलाहरूले गरे दिल्ली भ्रमण
नाथाङ माछोङका 55 जना महिलाहरूले गरे दिल्ली भ्रमण


गान्तोक, 2 नोभेम्बर (हि.स.)। नाथाङ माछोङ निर्वाचन क्षेत्रका 55 जना बेरोजगार महिलाहरूको टोलीले सात दिवसीय दिल्ली भ्रमण गरेका छन्। नारी शक्ति सिक्किम दिल्ली दर्शन एक्सपोजर टुर नामक यो भ्रमण राज्यसभा सांसद डीटी लेप्चाको मार्गदर्शन र समर्थनमा गरिएको थियो। यस भ्रमणको उद्देश्य महिलाहरूलाई प्रोत्साहित गर्नुका साथै उनीहरूलाई बढ्न, सिक्न र नेतृत्व गर्न सशक्त बनाउनु रहेको बताइएको छ।

भ्रमण टोलीमा क्षेत्र विधायक पामिन लेप्चा, पाकिम जिल्लाकी जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटिया, वाणिज्य एवं उद्योग विभागकी अध्यक्षा निम छिकी शेर्पा पनि सामेल थिए। भ्रमणको शुरूवात 27 अक्टोबर, 2025 का दिन सबै प्रतिभागीहरू नयॉं दिल्लीको वेस्टर्न कोर्ट एमपी होस्टेल आइपुगेपछि भएको थियो।

यस हप्ताव्यापी भ्रमण अवधि टोलीले राष्ट्रिय राजधानीका विभिन्न राष्ट्रिय, ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउॅंहरूको भ्रमण गरे। यसमा संसद भवन, राष्ट्रपति भवन, रेड फोर्ट, लोटस टेम्पल, अक्षरधाम मन्दिर, जन्तर मन्तर, प्रधानमन्त्री संग्रहालय र इन्दिरा गॉंधी मेमोरियल म्युजियम सामेल छन्। टोलीले भगवान कृष्णको जन्मस्थल मथुरा र आग्रामा ताज महलको पनि भ्रमण गरे।

यस क्रममा 31 अक्टोबरका दिन राज्यसभा सांसद लेप्चा र विधायक लेप्चाले नयॉं दिल्लीमा सबै सहभागीहरूलाई लागि रात्रिभोजको आयोजना गरेका थिए। हप्ताव्यापी भ्रमण 2 नोभेम्बर, 2025 का दिन समाप्त भएको छ। नारी शक्ति सिक्किम दिल्ली दर्शन पहलले सिक्किम सरकारको महिलाहरूलाई सामाजिक र आर्थिक विकासको प्रक्रियामा सक्रिय रूपमा भाग लिन प्रोत्साहित गर्ने तथा शिक्षा र अनुभवात्मक शिक्षाको माध्यमले महिलाहरूको सशक्तिकरणलाई बढावा दिने दृढ़ प्रतिबद्धतालाई दर्साउॅंछ भनी बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande