
हुगली, 02 नोभेम्बर (हि. स.)। अहिलेगरि सम्पूर्ण रिषड़ामा जगद्धात्री पूजाको धुम छ। राज्यका विभिन्न कुनाहरूबाट मानिसहरू रिषड़ाको जगद्धात्री पूजाको अवलोकन गर्न आइरहेका छन्। पुलिस प्रशासनको पक्षबाट सुरक्षाको पुख्ता प्रबन्ध गरिएको छ। यसबीच रिषड़ाको जागरण क्लबको पण्डालमा माँ जगद्धात्रीलाई पहिराएका गहनाहरू चोरी भएको छ। आइतवार बिहान यो मामिला त्यसबेला प्रकाशमा आयो जतिबेला क्लबका सदस्यहरूले माँ जगद्धात्रीको प्रतिमाबाट गहना हराएको देखे।
जागरण क्लबका सचिव देवब्रत चन्द्रले बताए, आइतवार बिहान कसैले माँ जगद्धात्रीको प्रतिमामा पहिराइएको गहना चोरी गऱ्यो। प्रतिमालाई सजाउनको लागि पहिराइएका अन्य वस्तुहरूलाई पनि भत्काइएको छ। घटनाको सूचना पाएर रिषड़ा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिको जायजा लियो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा