विद्या भारतीको विद्यालयलाई उच्चतर माध्यमिक कक्षा प्रारम्भ गर्ने अनुमति प्राप्त
विद्या भारतीको विद्यालयलाई उच्चतर माध्यमिक कक्षा प्रारम्भ गर्ने अनुमति प्राप्त


गान्तोक, 2 नोभेम्बर (हि.स.)। विद्या भारती उत्तर बंग प्रान्त अन्तर्गत उत्तर दिनाजपुर जिल्लाको हेमताबादस्थित शारदा विद्या मन्दिर (हाई स्कूल) लाई पश्चिम बंग उच्च माध्यमिक शिक्षा संसद, पश्चिम बंगाल सरकारबाट उच्चतर माध्यमिक कक्षा प्रारम्भ गर्न अनुमति प्राप्त भएको छ। यस क्रममा गत 31 अक्टोबर, 2025 का दिन तीन सदस्यीय टोलीले विद्यालयको निरीक्षण गऱ्यो। उक्त जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले आज दिए।

संयोजक शर्माले भने, भ्रमण टोलीलाई विद्यालय परिवारद्वारा न्यानो स्वागत जनाइयो। टोलीले विद्यार्थीहरू, सञ्चालन समितिका पदाधिकारीहरू, आचार्य-आचार्यासॅंग अन्तरक्रिया एवं चर्चा गरे। उनीहरूले विद्यालयको शैक्षिक-सामाजिक, भौतिक संसाधन, विद्यालयको संरचना, दस्तावेज आदि विषयहरूको निरीक्षण गरे। विद्यालयको व्यवस्थापनप्रति भ्रमण टोलीले सन्तुष्टि प्रकट गऱ्यो।

पश्चिम बंग उच्च माध्यमिक शिक्षा संसदले सबै विषयहरूलाई ध्यानमा राख्दै आगामी शिक्षा वर्षदेखि विद्यालयमा उच्च माध्यमिक कक्षा प्रारम्भ गर्ने अनुमति प्रदान गरेको छ। संयोजक शर्माले यो विद्यालय परिवार र विद्या भारतीको लागि ठूलो उपलब्धी रहेको बताएका छन्।

उनले विद्यालयका प्रधानाचार्य विमल दास, विद्यालय सञ्चालन समितिको अथक प्रयासकै कारण यो सम्भव भएको बताए। उनले यो विद्यालय यस जिल्लामा विद्या भारतीको एक प्रमुख विद्यालय रहेको बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande