एसआईआरको समीक्षालाई लिएर अभिषेक ब्यानर्जीले सोमवार गर्नेछन् महत्वपूर्ण बैठक
एसआईआरको समीक्षालाई लिएर अभिषेक ब्यानर्जीले सोमवार गर्नेछन् महत्वपूर्ण बैठक


कोलकाता, 21 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) शुरू हुनपूर्व तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले भर्चुअली बैठक आयोजना गरेर आफ्ना नेताहरूलाई दिशानिर्देश दिएका थिए। अब फेरि उनले लगभग 20 दिनपछि आगामी सोमवार एसआईआरको प्रगतिमाथि व्यापक समीक्षा गरिरहेका छन्। बैठक साँझ 4 बजे भर्चुअली नै आयोजना हुनेछ जसमा पार्टीका दश हजारभन्दा अधिक नेता अऩि कार्यकर्ताहरू सामेल हुनेछन्।

तृणमूल सूत्र अनुसार परामर्शदाता एजेन्सी औ संगठनद्वारा तयार गरिएको रिपोर्टको आधारमा अभिषेक सामु जुन स्थिति उदाएको छ त्यसमा अधिकांश जिल्लाहरूमा राम्रो प्रगति देखिँदैछ भने कतिपय जिल्लाहरू विशेष ब्लकहरूमा नेतृत्वको उत्साह घटिरहेको छ। भनिँदैछ, यी जिल्लाहरूका पदाधिकारीहरूलाई अभिषेकले कड़ा चेताउनी दिन सक्नेछन् अनि जवाफदेही तय गर्नमा कुनै हिच्किचाहट देखाइनेछैन।

आगामी सोमवारको बैठकमा अभिषेकले दोस्रो चरणको कार्यको लागि विस्तृत दिशानिर्देश जारी गर्नेछन्। तृणमूलका वरिष्ठ नेताहरूको मान्यता छ, यदि वैध मतदाताहरूको नाम सूचीबाट छोड़िएको छ भने दोस्रो चरणमा त्यसलाई जोड़्नु सबैभन्दा महत्वपूर्ण कार्य हुनेछ। यसको लागि दस्तावेजहरूको आवश्यकता पर्नेछ। अभिषेक चाहन्छन्, यसको लागि एसआईआर अन्तर्गत बनाइएको वाररूमलाई अधिक उपयोग गरियोस्।

मतुआ बहुल राणाघाट र बनगाउँ सीट अन्तर्गत विधानसभा क्षेत्रहरूमा पार्टीको रणऩीतिलाई लिएर पनि अभिषेकले विशेष मार्गदर्शन दिन सक्नेछन्। यसको साथै उत्तर बंगालमाथि पनि विशेष ध्यान दिइँदैछ। तृणमूलको एक भागको आशंका अनुसार भाजपाले राज्यका लगभग 110-115 विधानसभा सीटको लक्ष्य राखेर एसआईआर प्रक्रियालाई प्रभावित पार्ने चेष्टा गरिरहेको छ। तृणमूल नेताहरूको भनाइ छ, यदि यसलाई रोकिएन भने स्थिति जटिल हुनसक्छ। तथापि भाजपाको दाबी छ, यो आरोप निराधार छ र एसआईआर पूर्ण रूपले निर्वाचन आयोगको कार्य हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande