
कोलकाता, 21 नोभेम्बर (हि.स.)। पश्चिम बंगाल राज्य सरकारका कतिपय नीतिहरूलाई लिएर जैन समुदायमा चिन्ता बढ़िरहेको छ। राज्य सरकारमाथि आरोप लागेको छ, अल्पसंख्यक विकासको नाममा विशेष समुदायमाथि नै ध्यानकेन्द्रित गरिँदैछ जुन जैन धर्मको 'जिऔं अनि जिउन दिऔं' नीति विपरीत छ।
यस मामिलामा शुक्रवार पश्चिम बंगालकी भारतीय जनता पार्टीकी नेत्री अग्निमित्रा पलले जैन धर्मका प्रतिनिधिहरूसित भेट गरिन्। उनले भनिन्, जैन धर्मावलम्बी समुदायले दृढ्तापूर्वक मान्दछन्– अधर्मको विनाश होस् र धर्मको विजय होस्।
अग्निमित्रा पलले सरकारसित अपील गरिन्, तुरून्तै यस्तो कुनै नीति वा कदमलाई फिर्ता लिइयोस् जसले जैन धर्मको मूल शिक्षा–अहिंसा औ पारस्परिक सह-अस्तित्वको विरोधमा छ। उनले बल दिँदै भनिन्, जैन समुदाय पनि एक अल्पसंख्यक समुदाय नै हो र अन्य अल्पसंख्यकहरूलाई जस्तै उनीहरूलाई पनि सम्मान तथा अधिकार प्राप्त हुनुपर्छ।
जैन समुदायले स्पष्ट पाऱ्यो, उनीहरू चाहन्छन् कि राज्य सरकारले उनीहरूको धार्मिक जीवन, स्वतन्त्रता औ स्वाभिमानलाई सम्मान गर्दै 'जिऔं र जिउन दिऔं'- को सिद्धान्तलाई कायम राखोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा