महेशतलामा बीएलओमाथि हमला
महेशतलामा बीएलओमाथि हमला


महेशतला, 21 नोभेम्बर (हि.स.)। मतदाता सूचीको विशेष संशोधन (एसआईआर) फारम संक्लन गर्ने क्रममा महेशतलाको 31 नम्बर वार्डमा बूथ लेभल अफिसर (बीएलओ)-माथि हमला गरियो। हमलामा बीएलओको छात्ती र अन्य ठाउँमा चोट लाग्यो, त्यसपछि उनलाई डाक्टरकहाँ उपचारको निम्ति लगियो।

यस घटनाको कारमले क्षेत्रमा तनाउ फैलियो। पुलिसले तुरून्तै कारबाही गर्दै मुख्य आरोपीलाई पक्राउ गरेको छ भने अन्य आरोपीहरूलाई चिन्हित गरी कारबाही गरिँदैछ। पुलिसले दिएको बयान अनुसार यसप्रकारको घटनाले मतदाता सूची अद्यतन प्रक्रियालाई प्रभावित पार्न सक्दैन। प्रशासनले घटनामा सामेल सबै व्यक्तिहरूलाई कानूनको कठघरामा ल्याउने आश्वासन दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande