एनसीसीको कार्यक्रममा अंगुरतला डेकाले युवतीहरूको सशक्तिकरणमाथि बल दिइन्
एनसीसीको कार्यक्रममा अंगुरतला डेकाले युवतीहरूको सशक्तिकरणमाथि बल दिइन्


गुवाहाटी, 21 नोभेम्बर (हि.स.)। असम राज्य महिला आयोगकी अध्यक्ष अंगुरलता डेकाले शुक्रवार काटन विश्वविद्यालयमा आयोजित एनसीसीको 77औं स्थापना दिवस समारोहमा भाग लिइन् अनि क्याडेट्ससित यस विशेष दिनको उत्सव मनाइन्।

कार्यक्रमलाई स म्बोधन गर्दै उनले भनिन्, उनलाई गर्व छ कि एनसीसीले युवकहरूलाई मात्र नभएर युवतीहरूलाई पनि साहसी अनि सशक्त नागरिक बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। उनले भनिन्, एऩसीसीका प्रयासहरूले युवतीहरूमा नेतृत्व क्षमता, जिम्मेवारी निभाउने आत्मविश्वास औ सशक्तिकरणको भावना लगातार बढ़िरहेको छ।

अंगुरलता डेकाले ग्रुप कमाण्डर ब्रिगेडियर अजीत कुमार बोरा, काटन विश्वविद्यालयका कुलपति डा. रमेश चन्द्र डेका, एनसीसीका वरिष्ठ पदाधिकारगीण, सम्मानित अतिथिहरू तथा असमका सबै क्याडेट्सलाई शुभकामना अनि धन्यवाद दिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande