लाल किल्ला विस्फोटपछि दिल्लीका उपराज्यपालले पुलिस अनि प्रशासनलाई दिए निर्देश
लाल किल्ला विस्फोटपछि दिल्लीका उपराज्यपालले पुलिस अनि प्रशासनलाई दिए निर्देश


नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले लाल किल्लामा भर्खरै भएको आतंकवादी विस्फोटपछि शुक्रवार पुलिस आयुक्त तथा मुख्य सचिवलाई केही सतर्कता एवं बचाउका कदमहरू उठाउने निर्देश दिएका छन्। उपराज्यपाल सचिवालयबाट पठाइएका भिन्न-भिन्न लिखित निर्देशहरूमा सुरक्षालाई मजबुत बनाउनेमाथि विशेष बल दिइएको छ।

उपराज्यपालले पुलिस विभागको लागि दिएका निर्देशमा पुलिसलाई ती सबै संस्थाहरूको डिजीटल रेकर्ड तयार गर्न भनिएको छ जसले निश्चित सीमाभन्दा अधिक अमोनियम नाइट्रेट किनबेच गर्दछन्। किनबेचको तस्वीर सहित सबै आवश्यक जानकारी दर्ता गरिनेछ।

विनय कुमार सक्सेनाले भने, पुलिस प्रमुखले सोशल मीडिया कम्पनीहरू मेटा, एक्स आदिसित बैठक गरेर यस्तो वैज्ञानिक सिस्टम तयार गर्नुपर्छ जसबाट कट्टरपन्थी सामग्रीको पहिचान अनि ट्र्याकिंग सम्भव हुनसकोस्।

उपराज्यपालले निर्देशमा भने, संवेदनशील क्षेत्रहरूमा गुप्तचर तन्त्रलाई बलियो बनाइयोस् साथै समुदायसित सम्वाद अनि जनसहभागितालाई बढ़ाउनेमाथि बल दिइयोस् ताकि सम्भावित खतरालाई पहिला नै रोक्न सकियोस्।

विनय कुमार सक्सेनाले भने, सबै अस्पतालहरू विशेष गरी निजीमा कार्यरत डाक्टर अनि प्यारामेडिकल कर्मचारीहरूको एउटा केन्द्रिय रेकर्ड तयार गरियोस्। विदेशबाट डिग्री हासिल गरेका मेडिकल प्रोफेशनल्सले आफ्नो दस्तावेज पुलिससित साझा गरून् ताकि ब्याकग्राउण्ड जाँच गर्न सकियोस्।

उनले अझ भने, अनलाइन प्लेटफर्म्स र फाइनेन्सरहरूसित बैठक गरेर यो सुनिश्चित गरियोस् कि कुनै पनि वाहनलाई वास्तविक मालिकदेखि अन्य व्यक्तिले सड़कमा नचलाोस्। यो समस्या विशेष गरी अटो रिक्शा सेक्टरमा पाइँदैछ जहाँ परमिटधारक र वास्तविक मालिक अलग-अलग हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande