
हावड़ा, 21 नोभेम्बर (हि.स.)। पश्चिम बंगालकाराज्यपाल सी.वी. आनन्द बोसलेशुक्रवार‘जलतरंग’ कार्यक्रमअन्तर्गत मानिसहरूसित यसरी घुलमिल भए कि स्थानीय मानिसहरूले उनलाई आफ्नो घरको सदस्य नै मान्न थाले। जलपथ भएर हावड़ाको ग्रामीण क्षेत्रमा पुगेका राज्यपालले टोटोमा सवार भएर गाउँ मात्र घुमेनन् जबकि आम मानिसहरूसित बातचित गरे, स-सानो दोकानमा बसेर चिया-चप पनि खाए। राज्यललाई यतिको नजिकबाट देखेर स्थानीय मानिसहरू भावुक अनि उत्साहित भए।
राज्यमा कतै अशान्ति वा कुनै प्रकारको गड़बड़ी भएको खबर पाउनसाथ राज्यपाल सी.वी. आनन्द बोस घटनास्थलमा पुगेर मानिसहरूको कुरा प्रत्यक्ष रूपमा सुन्ने गर्दछन्। उनलाई बजारमा पैदल हिँड़िरहेको पनि देखिएको छ। मानिसहरूलाई सम्झाउन अनि उनीहरूको समस्यालाई नजिकबाट महसूस गर्ने सोचबाट प्रेरित भेर हालैमा‘जलतरंग’ कार्यक्रमकोघोषणागरियो जसान्तर्गत राज्यपालले जलमार्ग भएर गंगा तटवर्ती गाउँको भ्रमण गरी जनताका समस्याहरूलाई सोझै सुनए। यसै कार्यक्रम अन्तर्गत शुक्रवार राज्यपाल बालुघाटदेखि नौका मार्फत हावड़ा पुगे। त्यहाँबाट एउटा टोटोमा सवार भेर नाजिरगञ्ज गाउँमा पुगे।
नाज़िरगञ्जमा पुगेर उनले गाउँका मानिसहरूसित लामो बातचित गरे, उनीहरूको समस्या सुने अऩि समाधान गर्ने आश्वासन दिए। गाउँको सानो पसलमा बसेर उनले चिया र चपको आनन्द लिए। यसबाट गाउँका मानिसहरू धेरै खुशी भए। त्यसपछिउनले स्थानीय मन्दिरमा पुगेर पूजा-अर्जना पनि गरे।
सूत्रअनुसारनाज़िरगञ्ज पश्चात राज्यपाल शुक्रवार सांकराइल अनि बजबज जानेछन् जहाँ उनले यसरी नै स्थानीय जनतासित भेट गरेर उनीहरूको समस्या सुन्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा