
गिर-सोमनाथ, 21 नोभेम्बर (हि.स.)। गुजरातको शिक्षा जगतलाई हल्लाउने एक हृदयविदारक घटना गिर सोमनाथ जिल्लाको कोडिनारबाट प्रकाशमा आएको छ। चुनावी कार्यहरूको दबाव अनि तनाउको कारणले एकजना शिक्षकले शुक्रवार फाँसी लगाएर आत्महत्या गरे।
मृतक शिक्षक अरविन्द भाइवाढ़ेर कोडिनारको देवलिया गाउँका निवासी थिए जोछारा कन्या प्राथमिक स्कूलमाकार्यरत थिए। मृतकबाट सुसाइड नोट फेला परेको छ जसमा उनले मतदाता सूची सुधार कार्यक्रमको कामकाजबाट उत्पन्न मानसिक दबावको उल्लेख गरेका छन्।
सुसाइड नोटमा कामको अत्यधिक दबावको उल्लेख-अरविन्द भाइवाढ़ेरले 2010 सालदेखि नैशिक्षककोरूपमा सेवा पुऱ्याउँदै आइरहेका थिए। हालैमा शिक्षकलाई बूथ लेभल अफिसर (बीएलओ)-को रूपमा पनि जिम्मेवारी दिइएको थियो।आत्महत्यागर्न अगाड़ि लेखिएको नोटमा उनले स्पष्ट रूपमा लेखेका छन्, तिनी एसआईआरको कारबाहीदेखि अत्यन्त चिन्तित थिए र यसै मानसिक तनाउको कारणले उनले यो कदम उठाएका हुन्।
तीन दिनमा दोस्रो शिक्षकको मृत्यु-पछिल्लो तीन दिनभित्रमा कार्यभारको कारणले शिक्षकको मृत्यु भएको यो दोस्रो मामिला हो। यसपूर्व कपरडवंजमा रमेश परमार नामक शिक्षकको बीएलओ ड्यूटी अवधि हृदयाघातको कारणले मृत्यु भएको थियो।
“म आफै गर्नेछु जाँच”: शिक्षा मन्त्रीराज्य शिक्षा मन्त्री प्रद्यूमन वाजाले घटनामाथि प्रतिक्रिया व्यक्त गर्दै भने, यस मामिलाको उनले व्यक्तिगत रूपमा जाँच गर्नेछन् अनि जिम्मवारहरूविरूद्ध कड़ा कारबाही हुनेछ। मन्त्री मृतक शिक्षकको परिवारसित भेट गर्नको लागि प्रस्थान भएका छन्।
शिक्षक संघकोरोष-यस घटनापछि शिक्षक संघहरूमा व्यापक आक्रोश व्याप्त भएको छ। उनीहरूको भनाइ छ, बीलएओको कार्यमा जसरी शिक्षकहरूलाई टारगेटको दबाव दिइँदैछ त्यसले उनीहरूलाई ठूलो मानसिक तनाउ दिरहेको छ। पढ़ाईको सट्टा शिक्षकहरूलाई अन्य कार्यमा खटाइनाले यस्ता दुर्घटनाहरू भइरहेका छन्। संघले मृतक शिक्षकको परिवारको लागि 1 करोड़ रुपियाँ सहायता राशि दिनुपर्ने माग समेत गरेको छ। संघको भनाइ छ, मृतकको सुसाइड नोट पढ़ेर बुझ्न सकिन्छ कि शिक्षकहरूमाथि कति दबाव छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा