बाबा षाड़ेश्वर मन्दिर मार्गमा सुरक्षित पुल निर्माणको मागमा आन्दोलन
बाबा षाड़ेश्वर मन्दिर मार्गमा सुरक्षित पुल निर्माणको मागमा आन्दोलन


पश्चिम मेदिनीपुर, 21 नोभेम्बर (हि. स.)। विष्णुपुरको सुभाष पल्ली निवासीहरूले शुक्रवार बिहानदेखिकै जर्जर बनिसकेको पुलको पुनर्निर्माणको मागलाई लिएर आन्दोलन गरिरहेका छन्। स्थानीय मानिसहरूको भनाइ छ, प्रतिदिन सयकड़ौं मानिसहरूले यस मार्ग भएर सुभाष पल्ली, देउली तथा बाबा षाड़ेश्वर मन्दिरको यात्रा गर्दछन्। पुलको अवस्था अत्यन्त जीर्ण भएको कारणले दुर्घटनाहरू हुने जोखिम बढ़्दो छ। हालैमा एउटा टोटो पुल तर्दै गर्दा पल्टियो जसले गर्दा मानिसहरूको मनमा भय व्याप्त भएको छ।

स्थानीयहरूको भनाइ छ, स्कूलका नानीहरू यसै मार्ग भएर ओहोर-दोहोर गर्दछन्। वर्षा ऋतुमा यो मार्ग अत्यधिक दुर्गम हुन्छ। बाबा षाड़ेश्वरका असंख्य भक्तहरू पनि यसै बाटो भएर मन्दिर जान्छन् जसबाट यस पुलको महत्व झन् बढ़्छ।

क्षेत्रवासीहरूले प्रशासनसित आग्रह गरेका छन्, पुलको शीघ्र सुदृढ़ एवं सुरक्षित पुनर्निर्माण गराइयोस् ताकि जनसाधारणलाई सुरक्षित आवागमनको सुविधा प्राप्त होस् अनि सम्भावित दुर्घटनाहरूलाई रोक्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande