
नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले श्री गुरु तेग बहादुरको 350औं शहीदी दिवसको अवसरमा लाल किल्लामा आयोजना हुन गइरहेको तीन दिवसीय समागमका तयारीहरूको समीक्षा बैठकमा भाग लिइन्।
मुख्यमन्त्रीले सोशल मीडिया एक्स पोस्टमा बताइन्, आज मुख्यमन्त्री जनसेवा सदनमा सम्पन्न भएको बैठकमा समाजका हरेक वर्गबाट आएका प्रतिनिधि, सांसद, क्याबिनेटका मन्त्री तथा जनप्रतिनिहरूले समागमको उत्कृष्ट क्रियान्वयनको लागि आ-आफ्नो विचार अनि सुझाहरू साझा गरे। उनले भनिन्, आगामी 23, 24 र 25 नोभेम्बरको दिन लाल किल्लामा आयोजना हुने यो भव्य समागम श्री गुरु तेग बहादुरले मानवता, सत्य एवं धर्मको रक्षाको निम्ति दिएको सर्वोच बलिदानलाई कृतज्ञतापूर्वक नमन गर्ने अवसर हो।
मुख्यमन्त्रीले भनिन्, आउनुहोस्, हामी सबैले मिलेर गुरू साहिबको त्याग, करूणा, साहस अनि मानवताको सन्देशलाई समाजको हरेक वर्गसम्म पुऱ्याऔं। दिल्ली सरकार यस समागमलाई पूर्णतः भव्य, गरिमामय औ जनसहभागिताबाट समृद्ध बनाउनको लागि प्रतिबद्ध छ ताकि सम्पूर्ण समाजले एकजुट भएर गुरू साहिबका अमर उपदेशहरूलाई आत्मसात गर्न सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा