
सेनापति (मणिपुर), 21 नोभेम्बर (हि.स.)। सुरक्षा बलहरूले मणिपुरको सेनापति जिल्लाको माओ थाना अन्तर्गत फिकोमेई जंक्शनमा संचालित जाँच अभियानमा एकजना संदिग्ध व्यक्तिलाई पक्राउ गरे। पक्रा पर्ने व्यक्तिको पहिचान असमको बताबाड़ी निवासी 30 वर्षीय एआई ममुनको रूपमा भएको छ।
पुलिस प्रवक्ताले शुक्रवार बताए, जाँच अवधि उसको कब्जाबाट प्रचुर मात्रामा नशालु पदार्थ अनि अन्य वस्तुहरू जफत गरियो। सुरक्षा बलहरूले बताए, ममुनबाट डब्ल्यूवाई ट्याबलेटका पाँच वटा प्याकेट जफत गरियो जसको वजन 5.7 किलोग्राम रहेको छ। साथै एउटा चार चक्के वाहन, एउटा मोबाइ, एउटा डेबिट कार्ट अनि 1420 रुपियाँ नगद पनि जफत गरियो।
अधिकारीहरूले मामिलाको जाँचबुझ शुरू गरेका छन्। नशालु पदार्थको आपूर्तिको श्रृङ्खला बारे पत्तो लगाउनको लागि अग्रिम कारबाही जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा