57 किलो गाँजासितै दुई तस्कर पुलिसको कब्जामा
57 किलो गाँजासितै दुई तस्कर पुलिसको कब्जामा


जलपाईगुड़ी, 21 नोभेम्बर (हि. स.)। सिलगढ़ी स्पेशल टास्क फोर्स (एसटीएफ)-ले 57 किलोग्राम गाँजासितै दुई जना तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्करहरूको नाम मोहम्मद इफ्तिखार र मोहम्मद परवेज हो भने दुवै बिहारको अररिया जिल्ला निवासी रहेको बताइएको छ। एसटीएफले सिलगढ़ी-जलपाईगुड़ी नेशनल हाइवेमा फाटापुकुर टोलगेट निकट शुक्रवार गाँजासितै एउटा पिकअप भ्यानलाई जफत गरेको छ।

पुलिस सूत्र मुताविक गुप्त सूचनाको आधारमा सिलगढ़ी एसटीएपले फाटापुकुर टोलगेट संलग्न क्षेत्रमा एउटा पिकअप भ्यानलाई रोकेर जाँच गऱ्यो। जाँचमा त्यहाँ राखिएका तीनवटा बोराहरूबाट लगभग 57 किलोग्राम गाँजालाई जफत गरियो। गाँजालाई कुचबिहारदेखि तस्करी गरेर सिलगढ़ीको बाटो भएर बिहार लगिँदैथ्यो। तस्करीको आरोपमा तस्करहरूलाई पक्राउ गरिएको छ जसलाई शनिवार जलपाईगुड़ी अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande