फालाकाटा ब्लकको कालीपुर गाउँमा पुल बन्न अगावै भत्कियो, मानिसहरूमा आक्रोश व्याप्त
फालाकाटा ब्लकको कालीपुर गाउँमा पुल बन्न अगावै भत्कियो, मानिसहरूमा आक्रोश व्याप्त


अलिपुरद्वार, 21 नोभेम्बर (हि.स.)। पथश्री प्रोजेक्ट अन्तर्गत डेढ़ वर्षपूर्व 6 किलोमीटर लामो पक्की सड़कको काम शुरू भएको थियो। काम बिस्तारै अनि निम्न गुणस्तरको भइरहेको छ, यसलाई लिएर फालाकाटा ब्लकको कालीपुर गाउँका मानिसहरूमा आक्रोश व्याप्त भएको छ। उक्त सड़कमा पुल बनाउने काम पनि भइरहेको छ।

स्थानीय मानिसहरूले बताए, पुलको काम केही महिनापूर्व शुरू गरिएको थियो, तर निरन्तर काम भइरहेको छैन। अब बर्खाझरी पनि सिद्धियो तथापि बन्दै गरेको पुल भत्किरहेको छ। दुवैतर्फको गार्डवाल चर्किएको छ। माटो झरिरहेको छ। गत अक्टोबर महिनाको वर्षामा पुल चर्किएको देखिन थालेको थियो भने अहिले यो दुवैतिर बढ़्दै गइरहेको छ।

पथश्री प्रोजेक्ट अन्तर्गत सड़क निर्माणको निगरानी अलिपुरद्वार जिल्ला परिषदले गरिरहेको छ। सम्पूर्ण सड़क अनि पुलको लागि 2 कड़ोर 30 लाख 71 हजार रुपियाँ आवन्टन गरिएको छ, तर स्थानीय मानिसहरूको सिकात अनुसार काम सही नियम अऩुसार र सही गुणस्तरको भइरहेको छैन। यसबीच भत्किएको पुलको कारणले दुर्घटना पनि भइरहेको छ। केही दिनअघि एकजना स्कूले छात्र साइकल चलाउँदा पुलदेखि तल झरेको थियो। स्थानीय मानिसहरूले माग गरिरहेका छन् कि पुलको काम तुरून्तै शुरू गरियोस्। तथापि यस क्षेत्रको जिल्ला परिषदका फुड अफिसर मानिक रायले भने, यस मामिलाको जानकारी जिल्ला परिषद बोर्डलाई दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande