
गान्तोक, 21 नोभेम्बर (हि.स.)। राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट अन्तर्गत आज खेलिएको एक रोमाञ्चक भिडन्तमा राजस्थान युनाइटेड एफसीले सिक्किम हिमालयन एफसीलाई पराजित गऱ्यो। राजस्थान युनाइटेट एफसीले प्रतिद्वन्दी दललाई 3-0 गोलले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
राजस्थान युनाइटेड एफसीको तर्फबाट पहिलो गोल जर्सी नम्बर 11 पेड्रो एस्ट्रे लोपाजले खेल शुरू भएको 12औं मिनटमा गरे। यसपछि, दोस्रो हाफको 91औं मिनटमा जर्सी नम्बर 23 रबिन्सन रेन्डन र अन्तिम क्षण 95औं मिनटमा जर्सी नम्बर 21 विनिल पूजारीले एक-एक गोल गरेर राजस्थान युनाइटेड एफसीको जित सुनिश्चित गरे।
राजस्थान युनाइटेड एफसीका खेलाड़ी भबिन्द्र मल्ल ठकुरीलाई म्यान अफ् द म्याच चयन गरियो। आज स्टेट ब्याङ्क अफ् सिक्किम (एसबीएस) का अध्यक्ष डीबी गुरुङ मुख्य अतिथि, एसबीएसका प्रबन्धक निदेशक फुर्बा वाङ्गदी भोटिया विशिष्ट अतिथि र नेपालका डोना थाना विशेष अतिथि थिए।
भोलि इन्टर काशी एफसी र डाइमण्ड हार्बर एफसीबीच दिउॅंसो दुई बजी भिडन्त हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल