खरसाङ नगरपालिका क्षेत्रमा पानीको समस्या समाधान गर्न अनित थापाले अमृत 2.0 परियोजनाको शिलान्यास गर्ने
खरसाङ नगरपालिका क्षेत्रमा पानीको समस्या समाधान गर्न अनित थापाले अमृत 2.0 परियोजनाको शिलान्यास गर्ने


खरसाङ, 21 नोभेम्बर (हि.स.)। खरसाङ नगरपालिकाद्वारा खरसाङ शहरको पिउने पानीको समस्या समाधान हेतु अमृत २.० परियोजना जसले सम्पूर्ण खरसाङ शहरको दीर्घकालीन पानीको समस्या सामाधान हुने बताइएको छ। यो परियोजना पूरा भएपछि घर घरमा पानी पुग्ने आशा गरिएको छ।

यस परियोजनाको शिलान्यास कार्यक्रम शनिवार खरसाङको मन्टिभियटमा जीटीएका मुख्य कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाद्वारा गरिने छ। उक्त परियोजना लगभग 200 करोड़को लागतमा सम्पन्न गरिने बताइएको छ।

यस परियोजनालाई सफल तुल्याउनको निम्ति खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधान, नगरपालिकाको अधिकारीहरु सबै मिलेर आज खरसाङ बजारमा अमृत २.० को महत्त्व विषयमा जानकारीसंगै शिलान्यासकाे निम्ति सबैलाई निमन्त्रणा वितरण गरेको जानकारी युवा शक्ति खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरूङ र खरसाङ टाउन कमिटीका सचिव बीरबल पाख्रीनले गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande