
गान्तोक, 21 नोभेम्बर (हि.स.)। गेजिङ पुलिस थाना क्षेत्रमा एउटी नाबालिग केटीमाथि यौन दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले एक शिक्षकलाई पक्राउ गरेको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, चाइल्ड हेल्पलाइन युनिट गेजिङमा बिहिवार एक 17 वर्षीय नाबालिग केटीमाथि यौन दुर्व्यवहार भएको शिकायत प्राप्त भयो, जसपछि पुलिस थानामा लिखित एफआईआर दर्ता गरियो। यसपछि, एक टोली पीडितको घरमा पुगेर सोधपुछ गर्दा नाबालिग केटीमाथि स्कूलका एक शिक्षकले कक्षामा यौन दुर्व्यवहार गरेको स्पष्ट भयो।
पुलिसले आरोपी शिक्षकलाई पक्राउ गरेको छ। आरोपी विरुद्ध बीएनएस, 2023 को धारा 64 र पोक्सो एक्ट, 2012 अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले यस घटनाको सम्बन्धमा जॉंच गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल