फरलोमा भगौड़ा कुख्यात अपराधी सोहराब कोलकाताबाट पक्राउ
फरलोमा भगौड़ा कुख्यात अपराधी सोहराब कोलकाताबाट पक्राउ


नयाँ दिल्ली, 21 नोबेम्बर (हि.स.)। दिल्ली पुलिसको स्पेशल सेलले ठूलो कारबाही गर्दै देशभरि नै डर फैलाउने कुख्यात अपराधी सोहराब उपनाम सौरभलाई कोलकाताबाट पक्राउ गरेको छ। हत्या, रंगदारी, लुट, हत्याका प्रयास जस्ता 30 वटाभन्दा अधिक गम्भीर मामिलामा भगौड़ा उक्त अपराधी उप्र पुलिसका टप-10 हिस्ट्रीशीटरहरूमा सामेल रहेको छ।

पुलिस अधिकारी अनुसार 38 वर्षीय सोहराबलाई 19 मई, 2025-मा तिहाड़ जेलबाट फरलोमा छोड़िएको थियो, तर निर्धारित समय सिद्धिसक्दा पनि उ जेलमा फर्केन। त्यसपछि भगौड़ा अपराधीको खोजीमा स्पेशल सेल जुटेको थियो।

स्पेशल सेलका पुलिस उपायुक्त आलाप पटेलले शुक्रवार बताए, एसीपी नीरज कुमारको निगरानीमा पुलिस टीमले शाहदरामा जाँच शुरू गऱ्यो अनि पछि लखनऊ, बाराबँकी, बहराइच, मुरादाबाद, नानपारा समेत केही शहरहरूमा खोजतलास गऱ्यो। यसबीच अर्को मामिलामा पक्रा पर्ने नसिमले खुलासा गऱ्यो, उ सोहराबसित अवैध हतियार किनमेलमा सामेल थियो। यसै अवधि सूचना प्राप्त भयो कि सोहराब विधान नगरस्थित एक आईभीएफ क्लिनिकमा आउनेवाला छ। स्पेशल सेलले त्यहाँ घेराबन्दी गरेर भाग्ने चेष्टा गरिरहेको सोहराबलाई समात्यो।

पुलिस उपायुक्त अनुसार जाँचमा थाहा लाग्यो, आरोपीले 2005 सालमा भाइको मृत्युको प्रतिशोध लिनको लागि धेरैजनाको हत्या गरेको हो। आरोपी 2007-सालमा लखनऊ अदालत लैजाँदै गर्दा पुलिस कस्टडीबाट भागेको थियो। त्यसपछि उ बिस्तारै सदर क्यान्ट थानाको प्रमुख ग्यांगस्टर भयो अऩि उप्रका टप-10 अपराधीहरूमा सामेल भयो।

पुलिस उपायुक्त अनुसार स्पेशल सेलले गए 19 नोभेम्बरको दिन अदालतमा आरोपीलाई पेश गरेर तीन दिनको ट्रान्जिट रिमाण्ड हासिल गरेको छ। आरोपीलाई दिल्लीमा ल्याएर अग्रिम जाँचबुझ गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande