स्थायी पेब्याण्ड पारा प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्रको आयोजनामा बिदाई एवं सम्मान समारोह सम्पन्न
स्थायी पेब्याण्ड पारा प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्रको आयोजनामा बिदाई एवं सम्मान समारोह सम्पन्न


सोनादा, 21 नोभेम्बर (हि.स.)। स्थायी पेब्याण्ड पारा प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्रको आयोजनामा बिदाई एवं सम्मान समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता हिल तराई प्राथमिक शिक्षक एसोसिएशन सोनादा सर्कलका सभापति प्रकाश राईले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहान उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एआई प्रदीप सुब्बा, सुखिया खण्ड, एसआई आनन्द शर्मा सोनादा सर्कल, लोवर सोनादा ग्राम पञ्चायतको प्रधान बैजन्ती तामाङ, धोत्रे कलेजभेल्ली ग्राम पञ्चायतको प्रधान, पूर्व सभासद महेन्द्र प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा शिक्षकहरूले कविता र गीतहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा अवकाशप्राप्त सातजना शिक्षक शिक्षिकाहरुलाई सम्बर्द्धनासहित बिदाई दिइयो। सोनादा क्षेत्रका उक्त सम्मानित शिक्षक शिक्षिकाहरु गत 1 सेप्टेम्बर 2024 देखि 31 अक्टोबर 2025 को समयावधिमा अवकाशप्राप्त भएका थिए। कार्यक्रमलाई एसआई आनन्द शर्मा, एआई प्रदीप सुब्बा र प्रमुख अतिथि सभासद राजेस चौहानले वक्तव्य राखेका थिए। यस अवसरमा जिल्ला बोर्ड सदस्य किरण बरदेवाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै शिक्षक शिक्षिकाहरुप्रति आभार प्रकट गरेका छन्। उनले अवकाशप्राप्त शिक्षक शिक्षिकाहरुलाई अवकाश जीवनको शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande