
नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। दिल्लीको सेन्ट कम्लंबस स्कूल, अशोक नगरको दशौं कक्षाका 16 वर्षीय छात्र शौर्यले गत 18 नोभेम्बरको दिन राजेन्द्र प्लेस मेट्रो स्टेशनबाट हाम फालेर आत्महत्या गरे। यस घटनाको सन्दर्भमा शुक्रवार अभिभावक, आफन्त, विद्यार्थीहरूले स्कूलको मुख्य गेट बाहिर विरोध प्रदर्शन गर्दै शौर्यलाई न्याय दिलाउने माग गरे।
शौर्यले आत्महत्या गर्नपूर्व एउटा लामो सुसाइट नोट लेखेका थिए जसमा तिनले स्कूलका केही शिक्षक तथा प्रधानाध्यकमाथि बारम्बार अपमान गरेको, क्लासमा नियोजित रूपमा लज्जित पारेको तथा मानसिक उत्पीड़न गरेको गम्भीर आरोप लगाएका थिए। नोटमा तिनले लेखेका थिए, लगातार भइरहेको मानसिक तनाउको कारणले तिनले जिउने इच्छा नै गुमाएको छ।
शौर्यका काकाले एक बयान मार्फत बताए, शौर्यले आत्महत्या गर्ने दिन स्कूल काउन्सलरसित भेट गरेको थियो। उनले बताएको थियो कि उसको मस्तिष्कमा आत्महत्या गर्ने सोच आइरहेको छ। तर काउन्सलरले त्यसलाई गम्भीर रूपमा लिएन, मात्र यति भन्यो, 'ठीक छ।'
शौर्यका आफन्तहरूले शिक्षकहरूलाई निलम्बित गर्नु वा नोकरीबाट निकाल्नु मात्र पर्याप्त नरहेको बताए। एकजना आफन्तले भने, स्कूलबाट निकालेर के हुन्छ? यिनीहरू भोलि अर्को स्कूलमा जानेछन् अनि कुनै अबोधको जीवन बर्बाद बनाइदिनेछन्। यी शिक्षकहरूलाई फाँसीको सजाय दिनुपर्छ ताकि अन्य कुनै पनि शिक्षकले नानीहरूसित यस्तो व्यवहार गर्ने बारेमा कहिल्यै नसोचोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा