
सम्भल, 21 नोभेम्बर (हि.स.)। जिल्ला सम्भलमा ट्रेडिङको नाममा 9.73 लाख रूपियाँको ठगीको मामिला अघि आएको छ। एसपीको निर्देशमा अज्ञात सहित चार जना विरूद्ध रिपोर्ट दर्ता गरी जाँच शुरू गरिएको छ। यो घटना 29 अगस्त 2024 मा भएको थियो।
थाना हयातनगर क्षेत्र स्थित सरायतरीनको मोहल्ला पीला खदाना निवासी मुनेश कुमारले एसपीलाई शिकायत दिए। जसमा उनले बताए, उनी एक निजी कम्पनीमा कार्यरत थिए। 29 अगस्त 2024 मा उनका कम्पनीका केही कर्मचारीहरूले ट्रेडिङको योजना बनाएका थिए। मुकेश कुमारले यस ट्रेडिङ योजनामा सामेल हुन अनलाइन माध्यमले 9.73 लाख रूपियाँ जमा गरे। यसपछि एक वाह्ट्सएप अकाउन्ट बनाइयो, जसको तीन जना एडमिन बने। यस ग्रुपमा अन्य धेरै मानिसहरूलाई पनि जोड़ियो र उनीहरूलाई ट्रेडिङसित सम्बन्धित जानकारी दिइयो।
मुकेश अनुसार, केही दिनपछि जब उनले आफ्नो ट्रेडिङ अकाउन्टको बिल वाउचर निकाल्ने प्रयास गरे, तर निस्केन। यसबाट उनलाई शंका लाग्यो। उनले ग्रुपका एडमिनको नम्बरहरूमा कल गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। यसपछि उनलाई यो धोकाधड़ी हो भन्ने पूरा विश्वास भयो। तमाम प्रयासहरू गरिएपनि उनले आफ्नो 9.73 लाख रूपियाँ फिर्ता पाएनन्।
थाना प्रभारी उमेश कुमार सोलंकीले शुक्रवार बताए, अज्ञात सहित चार जना विरूद्ध मामिला दर्ता गरिएको छ र पुलिसले यस पूरा मामिलाको गहनताले जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी