सिलगढ़ीमा दुई दिवसीय 'सिक्किम माछा महोत्सव 2025' शुरू
सिलगढ़ीमा दुई दिवसीय 'सिक्किम माछा महोत्सव 2025' शुरू


मन्त्री गुरुङले युवा पुस्तालाई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे

सिलगढ़ी, 21 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको मत्स्यपालन विभागले सिलगढ़ीमा दुई दिवसीय 'सिक्किम माछा महोत्सव 2025' आयोजना गरिरहेको छ। यस महोत्सवको उद्घाटन समारोहमा आज राज्य कृषि, बागवानी, पशुपालन एवं पशुचिकित्सा सेवा तथा मत्स्यपालन विभाग मन्त्री पुरण गुरुङ मुख्य अतिथि र मत्स्यपालन विभागका सल्लाहकार एम प्रसाद शर्मा विशिष्ट अतिथि थिए। यसैगरी, मुख्यमन्त्रीका सल्लाहकार बिरेन्द्र तामलिङ, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ, मत्स्यपालन विभागका अध्यक्ष अनुराधा गुरुङ तथा अन्यहरू पनि उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री गुरुङले सिलगढीमा महोत्सव आयोजन बजार पहुँच विस्तार गर्न, सिक्किमको माछापालन उत्पादनको दृश्यता सुधार गर्न र अन्तरराज्यीय व्यापारलाई सहयोग गर्न रणनीतिक निर्णय रहेको बताए। उनले मुख्यमन्त्रीको जीविकोपार्जन, युवा संलग्नता र आत्मनिर्भरताको दृष्टिकोणमाथि प्रकाश पार्दै युवा पुस्तालाई सरकारी नोकरीमा मात्र निर्भर नभई माछापालन र सम्बन्धित क्षेत्रहरूमा काम खोज्न आग्रह गरे।

उनले प्राविधिक सहयोगको लागि आईसीएआर-सीआईएफआरआईप्रति कृतज्ञता व्यक्त गरे, माछापालकहरूको कामको सराहना गरे र पुरस्कार विजेताहरूलाई शुभकामना दिए। उनले मुख्यमन्त्रीको दृष्टिकोण अनुरूप मुख्यमन्त्री मत्स्य उत्पादन योजना जस्ता योजनाहरू मार्फत चिसो पानीको माछापालनलाई सुदृढ़ पार्ने मत्स्यपालन विभागको प्रयासको पनि सराहना गरे।

कार्यक्रममा 100 जना मत्स्य कृषकहरूलाई माछाको चारो, सिक्किमका 50 विद्यालयलाई एक्वेरियम, मुख्यमन्त्री मत्स्य उत्पादन योजना अन्तर्गत छ जना लाभार्थीलाई टोकन, प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत 6 जना मत्स्य कृषकलाई क्रेडिट कार्ड र 6 जना नयॉं लाभार्थीलाई टोकन वितरण गरियो।

कार्यक्रममा जलीय कृषिमा उत्कृष्टताको लागि मुख्यमन्त्री पुरस्कारले सम्मानित गरियो, जसमा रेखा बिष्टलाई बेस्ट ट्राउट फिस फर्मर, हरिमाया प्रधानलाई बेस्ट इन्ल्याण्ड फिस फार्मर, सोङमित लेप्चालाई बेस्ट अर्नामेन्टल फिस फार्मर, छेन पिन्चो लेप्चालाई बेस्ट फिसरमेन, अप्पर श्रीबदम ट्राउट रियरिङ कोअपरेटिभ सोसाइटी, सोरेङलाई बेस्ट कोअपरेटिभ सोसाइटी र सन बहादुर राईलाई उत्कृष्ट कर्मचारी पुरस्कारले सम्मानित गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande