मुख्य सचिवको फोनमा चुनाउ अधिकारीहरूसित बातचित गरिरहेकी छन् ममता ब्यानर्जीलेः शुभेन्दु अधिकारी
suvendu adhikari


कोलकाता, 21 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया भइरहँदा राजनीतिक तनाउ अझ गहिरिएको छ। विपक्षका नेता शुभेन्दु अधिकारीले आरोप लगाएका छन्, मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका अतिरिक्त मुख्य निर्वाचन अधिकारी अरुण प्रसादसित लगभग प्रतिदिन बातचित गरिरहेकी छन् र यसको निम्ति उनले राज्यका मुख्य सचिव मनोज पन्तको फोन प्रयोग गरिरहेकी छन्। अधिकारीको दाबी छ, उनले यी आरोपहरूको सम्बन्धमा केही प्रमाण निर्वाचन आयोगको प्रतिनिधिमण्डललाई सुम्पिएका छन्।

हाल चार दिवसीय दौड़ाह अन्तर्गत राज्यमा उपस्थित निर्वाचन आयोगको दलले एसआईआर प्रक्रियाको तयारीको समीक्षा गर्नको लागि पहिला नै पाँच वटा जिल्लाहरूको निर्वाचन अधिकारी (डीईओ) तथा निर्वाचन पञ्जीकरण अधिकारी (ईआरओ)-हरूसित बैठक गरिसकेको छ। शुक्रवार प्रतिनिधिमण्डलले न्यू टाउनमा ईभीएमको ‘फर्स्ट लेभल चेकिंग’ (एफएलसी)-माथि आयोजित एक कार्यशालामा भाग लियो जसमा मुख्य निर्वाचन अधिकारी कार्यालयका लगभग सबै शीर्ष अधिकारीहरू उपस्थित थिए। यस अवधि शुभेन्दुले आयोग समक्ष आफ्नो आरोप दर्ता गराए।

शुभेन्दुको यस ताजा आरोपमाथि राज्य निर्वाचन विभागको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। सूत्रानुसार किनभने मामिला सोझै आयोग समक्ष उठाइएको छ, त्यसैले राज्य निर्वाचन कार्यालयले यसमाथि टिप्पणी गर्न अस्वीकार गर्नेछ। आयोगको सूत्र अनुसार आरोपको जाँच गरिंदैछ। प्रतिनिधिमण्डलले पनि उनलाई आश्वस्त पारेको छ।

यसै बैठकमा शुभेन्दु अधिकारीले जनसंख्या संरचनामा परिवर्तन तथा कथित अऩियमितताहरूलाई लिएर पनि आयोगलाई जानकारी दिएष उनको आरोप छ, प्रशासनको एक भागले अवैध प्रवासीहरूको नामलाई मतदाता सूचमा यथावत राख्ने प्रयास गरिरहेको छ। उनले आयोगसित हिन्दू शरणार्थीहरूको नाम मतदाता सूचीमा सामेल गर्ने अनि अवैध प्रवासीहरूको नामलाई हटाउने माग पनि गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande