खड़गपुरको कलाइकुंडामा ट्रकमा भयानक आगो लाग्यो
खड़गपुरको कलाइकुंडामा ट्रकमा भयानक आगो लाग्यो


खड़गपुर, 22 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर ग्रामीण थाना अन्तर्गत कलाइकुंडामा गए शुक्रवार अबेर राती राखेको ठाउँमै ट्रकमा अचानक आगो लाग्यो। घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण ट्रकलाई आफ्नो चपेटमा लियो अनि वाहन पूर्ण रूपले जलेर खरानीमा परिणत भयो।

स्थानीय सूत्र अनुसार ट्रक सिमेन्ट खाली गरेर सड़कमा बिसाएको थियो। यसै अवधि अचानक आगो लाग्यो। आगो द्रूत गतिमा फैलिन थाल्यो त्यसपछि स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर पुलिसलाई सूचना दिए।

सूचना पाउनसाथ कलाइकुंडा फाड़ीको पुलिस घटनास्थलमा पुग्यो अनि तुरून्तै खड़गपुर अग्निशमन विभागलाई अवगत गरायो। दमकलको दल घटनास्थलमा पुग्न अगाड़ि स्थानीय मानिसहरूको सहयोगमा पुलिसले आगोलाई निभाउने प्रयास गरे फलस्वरूप केही हदसम्म आगो नियन्त्रित पनि भयो। पछि दमकल विभागको एउटा इञ्जिनले घटनास्थलमा पुगेर सम्पूर्ण आगोलाई नियन्त्रण गऱ्यो। प्रारम्भिक अनुमानमा ट्रकमा आगो ब्याट्रीको शर्ट सर्किटको कारणले लागेको हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande