हाजोमा भीषण सड़क दुर्घटनाः दुई छात्राको मृत्यु, एकजना गम्भीर रूपमा घाइते
हाजोमा भीषण सड़क दुर्घटनाः दुई छात्राको मृत्यु, एकजना गम्भीर रूपमा घाइते


कामरूप (असम), 22 नोभेम्बर (हि.स.)। असमको हाजो क्षेत्रस्थित सानियादीमा शनिवार बिहान एक पीड़ादायी सड़क दुर्घटना भयो। एउटा द्रूत गतिको बोलेरोले ट्यूशन गइरहेका तीनजना छात्राहरूलाई कुल्चियो। यस घटनामा दुईजना छात्राहरूको घटनास्थलमै मृत्यु भयो भने तेस्रो छात्राको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार बोलेरो वाहन द्रूत गतिमा आइरहेको थियो जसले नियन्त्रण गुमाएको कारणले सड़क किनारमा हिँड़िरहेका छात्राहरूलाई भयानक ठक्कर दियो। दुर्घटनाको कारणले आक्रोशित स्थानीय मानिसहरूले बोलेरोलाई आगो लगाइदिए।

यस घटनाको सूचना पाए लगत्तै हाजो पुलिस र अग्निशमन विभागको टीम घटनास्थलमा पुग्यो अनि आगोलाई नियन्त्रण गऱ्यो। दुर्घटनापछि क्षेत्रमा यातायात केही समयसम्म बाधित भयो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande