कृष्णानगरमा महिला बीएलओको संदिग्ध परिस्थितिमा मृत्यु
कृष्णानगरमा महिला बीएलओको संदिग्ध परिस्थितिमा मृत्यु


नदिया, 22 नोभेम्बर (हि.स.)। नदिया जिल्लाको कृष्णानगरस्थित षष्ठीतला क्षेत्रमा एकजना महिला बीएलओको संदिग्ध परिस्थितिमा मृत्यु भयो। मृत महिलाको पहिचान 53 वर्षीय रिंकु तरफदारको रूपमा भएको छ जो पेशाले पार्श्वशिक्षिका थिइन् अनि हालैमा उनलाई बूथ लेभल अफिसर (बीएलओ)-को जिम्मेवारी सुम्पिइएको थियो। उनको शव घरको कोठाभित्र झुण्डिरहेको अवस्थामा भेटियो।

परिवारको भनाइ छ, रिंकु देवी कम्प्यूटरमा काम गर्नमा त्यति सक्षम थिइनन्। वर्तमानमा एसआईआर (विशेष गहन पुनरीक्षण) प्रक्रिया अऩ्तर्गत लगातार बढ़्दो निर्देश, समय-सीमाको दबाव अनि अधिकारीहरूको फोनमा लगातार काम गर्ने मागले उनको मानसिक सन्तुलन बिग्रिएको थियो। त्यसैले उ केही दिनदेखिको तनाउग्रस्त थिई। सही ढंगमा सुत्न सकिरहेकी थिइन साथै अत्यधिक चिन्ताको कारणले उसको सामान्य जीवन पनि प्रभावित भएको थियो।

पुलिस अनुसार घटनास्थलबाट सुसाइड नोट फेला परेको छ जसमा महिलाले प्रशासनिक दबावको कुरा उल्लेख गरेकी छन्।

छिमेकीहरूको भनाइ छ, एसआईआर प्रक्रिया लागू भएपछि ब्लक स्तरका कर्मचारीहरूमाथि असामान्य बोझ थपिएको छ। बीएलओले घर-घरमा पुगेर वृहत मात्रामा डेटा एकत्र गर्नु, डिजीटल फारम भर्नु, सत्यापन गर्नु अनि सीमित समयमा रिपोर्ट जमा गर्नुपर्छ।

शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande