दासपुरमा नाबालिकासित अश्लील कृत्य
दासपुरमा नाबालिकासित अश्लील कृत्य


पश्चिम मेदिनीपुर, 22 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुरको दासपुर थाना अन्तर्गत जयकृष्णपुर गाउँमा गए शुक्रवार राती लगभग 9 बजे एकजना नाबालिक छात्रासित अश्लील कृत्य गर्ने चेष्टा गरेको सशंकित मामिला सामु आएको छ। यस गटनापछि सम्पूर्ण क्षेत्रमा गहिरो तनाउ अनि आक्रोश व्याप्त भएको छ। सो आरोप स्थानीय खाजा पसल संचालक पलाश घोषमाथि लागेको छ।

पीड़िता (10 वर्षीय) शुक्रवार राती सदै जस्तै ट्यूशन पढ़ेर घरमा आएपछि चिच्याउँदै रून थाली। आमाले दबाव दिएर सोध्दा नाबालिकाले बताई, पलाश घोष जसलाई उसले र उसको परिवारले 'भैया' भनेर सम्बोधन गर्थे,-ले उसलाई फकाई-फुस्लाई पसल पछाड़ि लिएर गयो अनि उसित अश्लील कृृत्य गर्ने प्रयास गऱ्यो। यस्तो विवरण सुनेर पीड़िताकी आमा र परिवार हक्क न बक्क भए।

पीड़िताको परिवारले बतायो, यसपूर्व पनि आरोपीले यस किसिमका धेरैवटा घटना गरिसकेको छ, तर यसपालि बालिकाको गम्भीर अवस्था देखेर परिवार नै छक्क परेको छ। त्यसैले हामीले यो मामिलालाई सार्वजनिक गर्ने फसेला गऱ्यौं। बालिकाको पिता बाहिर काम गर्दछन्।

यो खबर आगो जस्तै सम्पूर्ण क्षेत्रमा फैलियो। घटनाको सूचना पाउनसाथ वरपरका सयकड़ौं आक्रोशित ग्रामीणहरूले पलाश घोषको पसलमा भेला भएर व्यापक रूपमा नाराबाजी गर्न शुरू गरे। मानिसहरूको आक्रोशलाई देखेर आरोपी घोष तत्कालै पसल बन्द गरेर घटनास्थलबाट भाग्यो। पीड़ित परिवार एवं स्थानीय मानिसहरूले मिलेर दासपुर थानामा आरोपीविरूद्ध प्राथमिकी दर्ता गराएका छन्। पुलिसले अब भगौड़ा आरोपी पलाश घोषलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande