झाड़ग्राममा अवैध बालुवा तस्करीविरूद्ध व्यापक कारबाही, सातजना पक्राउ
झाड़ग्राममा अवैध बालुवा तस्करीविरूद्ध व्यापक कारबाही, सातजना पक्राउ


झाड़ग्राम, 22 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको झाड़ग्राम जिल्लामा अवैध बालुवा तस्करीविरूद्ध पुलिसले कड़ा कारबाही शुरू गरेको छ। नक्कली बालुवा उठाऊ परमिट (सीओ)-को दुरूपयोग तथा बालुवा माफियाहरूको गतिविधिलाई लिएर हालैमा ईडीले केही क्षेत्रहरूमा छापा मारेपछि स्थिति अझ संवेदनशील भएको थियो। यसबीच झाड़ग्राम जिल्ला पुलिसले अवैध बालुवा परिवहनमाथि लगातार कारबाही गरिरहेको छ।

गए शुक्रवार अबेर राती सूत्रबाट प्राप्त जानकारी अनुसार बितेका पाँच दिनभित्रमा जामबनी थाना पुलिसले नौ वटा बालुवा लादिएका वाहनहरूलाई जफत गरिसकेको छ भने सातजना मानिसहरूलाई पक्राउ गरेको छ। भनिन्छ, झारखण्डदेखि पश्चिम बंगाल तर्फ अवैध रूपमा बालुवा लिएर आएका केही ट्रकहरूमाथि निगरानी राखिँदैथ्यो।

जानकारीको आधारमा जामबनी थाना पुलिसले चिचरा क्षेत्रमा राष्ट्रिय राजमार्गबाट सात वटा बालुवा लादिएका ट्रकहरूलाई समात्यो। यसको साथै जामबनी थाना प्रभारी अभिजीत बसु मलिकको नेतृत्वमा धड़सा क्षेत्रमा भिन्नै अभियान संचालन गरी दुई वटा बालुवा लादिएका ट्र्याक्टरहरूलाई पनि जफत गरियो।

आरोपी ट्र्याक्टर चालकहरूको पहिचान सरोज बागड़ी (निवासी—कुलडीहा, मयूरभंज, उड़िसा) औ लक्षीराम मुर्मू (निवासी—बातबाती गाउँ, झारखण्ड)-को रूपमा गरिएको छ।

झाड़ग्राम जिल्लाका अतिरिक्त पुलिस अधीक्षक (अपरेशन) गुलाम सरवरले बताए, जफत गरिएका वाहनहरूसित वैध सीओ परमिट थिएन जसले गर्दा उनीहरूविरूद्ध कानूनी कारबाही गरिएको हो। उनले यो पनि भने, अवैध बालुवा तस्करीविरूद्ध पुलिसको कारबाही आगामी दिनमा पनि जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande