नाबालिकको चक्कु रोपी हत्या
नाबालिकको चक्कु रोपी हत्या


नयाँ दिल्ली, 22 नोभेम्बर (हि.स.)। उत्तर-पूर्वी जिल्लाको ज्योति नगर थाना क्षेत्रमा गए शुक्रवार अबेर राती अम्बेडकर कलेजको पछाड़ि करदमपुरी क्षेत्रमा एकजना नाबालिकमाथि आरोपीहरूले चक्कुले प्रहार गरे। घटनालाई परिणाम दिएपछि आरोपीहरू घटनास्थलबाट भागे।

मामिलाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमलाई जाँचबुझमा थाहा लाग्यो कि घाइतेलाई स्थानीय मानिसहरूले जीटीबी अस्पतालमा पुऱ्याएका छन् जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। जाँचमा मृतकको पहिचान करदमपुरी निवासी 15 वर्षीय अलफेजको रूपमा भएको छ। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार मृतक र आरोपीहरूबीच कुनै कुरालाई लिएर झगड़ा भएको थियो। झगड़ा हुँदा नै आरोपीहरूले नाबालिकमाथि चक्कुले हमला गरे जसले गर्दा उसको मृत्यु भयो।

पुलिस अनुसार घटनामा दुई संदिग्ध जसमा एकजना नाबालिक पनि सामेल छ,-को भूमिका रहेको थाहा लागेको छ। दुवैमाथि घटनालाई परिणआम दिएको शंका छ। घटनास्थलबाट फोरेन्सिक टीमले महत्वपूर्ण प्रमाण जुटाएको छ। ज्योति नगर थाना पुलिसले सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ। अर्कोतिर मृतकको परिवारको आरोप छ, छिमेकमा बस्ने केही युवकहरूले उनको छोरालाई घरबाटै बोलाएर लगे अनि घटनालाई परिणाम दिए। पुलिस अधिकारीहरूको भनाइ छ, उक्त मामिलामा हत्याको मुद्दा दर्ता गरिएको छ। हाल पुलिसले घटनास्थल वरपरका सीसीटीभी फुटेजहरूको जाँच गरी आरोपीहरूलाई चिन्हित गर्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande