
जयपुर, २२ नोभेम्बर (हि.स.)। राजस्थान हाईकोर्टले एक मुद्दामा टिप्पणी गर्दै सत्य असफल हुन्छ भने न्याय पनि असफल हुन्छ भनी बताएको छ। अदालतमाथि जनताको विश्वास रह्यो भने मात्र सत्यको जीत सम्भव हुन्छ। यही टिप्पणीसँगै अदालतले दायर गरिएको याचिका खारेज गरिदिएको छ। अदालतले सम्बन्धित एजेन्सीले छानबिनलाई तीव्रता दिई छानबिन प्रतिवेदन अदालतमा पेस गर्नुपर्ने अपेक्षा व्यक्त गरेको छ।
न्यायाधीश अनूप कुमारको एकल पीठले यो आदेश सुन्दर सिंहको याचिका खारेज गर्दै दिएको हो।
मामिलासँग सम्बन्धित अधिवक्ता दिनेश कुमारका अनुसार, याचिकाकर्ताको अन्य केही व्यक्तिसँग २५ वर्षअघि एक सम्पत्ति सम्बन्धी इकरारनामा भएको दाबी गरिएको थियो। तर पछि विपरीत पक्षले उक्त इकरारनामाको आधारमा सम्पत्ति विक्री-वितरण गरेन। यसपछि याचिकाकर्ताले डिगको तल्लो अदालतमा इकरारनामाको पालनामाथि दाबी दायर गरेका थिए।
दाबीको सुनुवाइका क्रममा एक गवाहीबाट थाहा भयो कि याचिकाकर्ताले जस दुई व्यक्तिसँग इकरारनामा भएको बताइरहेका थिए, ती दुवै व्यक्तिको मृत्यु धेरै वर्ष पहिल्यै भइसकेको रहेछ। यस आधारमा एडीजे कोर्टले सन् २०१८ मा दाबी खारेज गर्दै इकरारनामाको छानबिन गर्ने आदेश दिएको थियो। यही आदेशविरुद्ध याचिकाकर्ताले हाईकोर्टमा अपील दायर गरेका थिए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी